सहमतिका लागि एमाले एक कदम पछाडि हट्छ: सचिव भट्टराई

बुधबार, पुस २७, २०७३



दाङ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा पुगकाले अब तीन दल मिल्नुको विकल्प नभएको बताएका छन् ।

संविधान जारी गर्दा १६ बँुदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिंँदै उहाँले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाले बुधबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा रहेको दावी गरे । रासस

1754 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank