सहकारी संस्थामाथि महानगरको कडाइ

आइतवार, साउन १९, २०७६



काठमाडौं महानगरपालिकाले सहकारी संस्थामाथि कडाइ थालेको छ । सहकारी संस्था व्यवस्थापनको नीति अख्तियार गर्दै महानगरले सहकारीमाथि कडाइ गर्न लागेको हो ।

महानगरको सहकारी विभागका अनुसार झन्डै १९ सयको हाराहारीमा रहेका सहकारीलाई व्यवस्थापन गरी तीन वर्षभित्र ६ सय बनाउने तयारी थालिएको छ ।

महानगरका सहकारी विभाग संयोजक नमराज ढकालका अनुसार महानगर क्षेत्रमा १ हजार ८४८ को संख्यामा सहकारी संस्था छन् । यसमध्ये १ हजार ६३८ बचत तथा ऋण सहकारी र ७५ महिला सहकारी रहेका छन् । ढकालले सहकारी ऐन, २०७४ अनुसार सहकारीलाई व्यवस्थित गरी संख्यालाई भन्दा गुणस्तर बढाउन सहकारी संस्था व्यवस्थित गर्न लागिएको बताए ।

ढकालले भने, ‘सरकाररको नीतिअनुसार नै हामीले सहकारीको संख्या घटाएर व्यवस्थित गर्ने तयारी थालेका हाैं । हामी जसरी पनि महानगर क्षेत्रमा भएका सहकारीलाई व्यवस्थित गरेर संख्या घटाउने क्रममा छौं ।’

उनले सहकारीलाई क्रियाशील बनाउन स्थलगत र कार्यालयगत अनुगमन गर्ने गरिएको जानकारी दिए । उनले सहकारीको गतिविधि अनुगमन गर्न ‘कोपोमस’ नामक सफ्टवेयर प्रयोगमा ल्याएको जानकारी दिँदै सोही सफ्टवेयरमार्फत सहकारीको कारोबार कार्यालयबाटै अनुगमन गर्न सकिने बताए ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata