सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

आइतवार, साउन १९, २०७६



काठमाडौं । सरकारले सहकारीलाई व्यवस्थित गर्दै लैजान नीति अघि सारकाे छ । सरकारले आइताबार देखि लागू हुने गरि १६ प्रतिशत भन्दा बढि ब्याजदर लिन नपाउने जनाएको छ ।

सरकारले पहिलो पटक सहकारी संस्थाहरूले ऋण लगानीमा १६ प्रतिशत भन्दा बढी लिन नपाउने गरी सीमा तोकेको हो । सहकारी संस्थाहरूले कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउने छैनन् भने निक्षेपमा बढीमा दश प्रतिशत मात्रै ब्याज दिन पाउने छन् । सहकारी विभागले कर्जामा अधिकतम १६ प्रतिशतभन्दा बढी ब्याज लिइएको पाइए कारबाही गरिने जनाएको छ । सहकारीले महङ्गो व्याजदर असुलिरहेको भन्ने गुनासो बढ्दै गएपछि सरकारले उक्त नीति लागू गरेको जनाएको छ ।

नेपालमा ३४ हजार आठ सय ३७ सहकारी संञ्चालनमा छन् । तिमध्ये बचत तथा ऋण सहकारी संस्थाको संख्या करिब १४ हजार छ ।

बचत तथा ऋण सहकारीले दुई खर्ब १७ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । उनीहरुले एक खर्ब ७९ अर्ब ८८ करोड रुपैयाँ ऋण परिचालन गरेको सहकारी बोर्डको तथ्यांक छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata