सगरमाथा आरोहण गर्न लागेकी तामाङ्गलाई १५ लाख सहयोग

सोमवार, चैत्र २६, २०७४



भक्तपुर। थोकर फिल्मस् प्रा.लि.ले सगरमाथा आरोहण गर्न लागेकी शर्मिला स्याङ्तान तामाङ्गलाई १५ लाख रकम सहयोग प्रदान गरेको छ ।
राजधानीमा साेमबार आयोजित एक कार्यक्रमकाबीच फिल्मस् प्रा.लि.का प्रोपाईटर बिकु थोकर र रजतपटका निर्देशक प्रकाश सुवेदीलेले संयुक्त रुपमा तामाङ्गलाई १५ लाख ५ हजार १ सय ५३ रुपैयाँ रकम प्रदान गरेका हुन् ।  प्रा.लि.ले सगरमाथा आरोहणका लागि आबश्यक पर्ने रकम संकलन जुटाउनका लागि तीन महिने अभियान नै सञ्चालन गरेको प्रोपाईटर थोकरले बताए ।

आरोहण सहयोगका लागि देश विदेशमा रहेका सबै सहयोगी हातहरुलाई फिल्मस् प्रा.लि.ले धन्यवाद समेत दिएको छ । थोकर फिल्मस् प्रा.लि.ले यसअघि नै विभिन्न सामाजिक गतिविधिमा सहयोग गर्दै आइरहेको छ । तामाङ्गले आजबाट सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

93 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank