सागरका तीन मुक्तक !

बिहिबार, बैशाख २६, २०७६



१)
यहाँ मेरो जस्तो दुख परेपछि के गर्छौ प्रिया ?
यति धेरै माया नगर मरेपछि के गर्छौ प्रिया ?
तिम्रो खुसी किन्नलाई सबै बेचिदिए तर पुगेन
बचेको मात्र मुटु धितो धरेपछी के गर्छौ प्रिया ?

२)

जिन्दगी सोचिरहन्छु जसरी अल्झिएको छ।
मनको घाउ सधैंभरी यसरी बल्झिएको छ।
यहाँ सिमा रहेनन् दुनियाँले टोकिरहँदा मेरो
भगवान् संघर्षमा दिल कसरी भत्किएको छ?


३)
मेरो मुटु अनि शिर उपहार पठाइदिन्छु।
समालेर राख तस्वीर उपहार पठाइदिन्छु।
बारम्बार प्रार्थना कोशिस गर्नु म मरेपछि।
सधै पुजा गर्ने मन्दिर उपहार पठाइदिन्छु।

– केशवराज भट्ट सागर
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata