१३ औं सागको तयारी पूरा, राष्ट्रपतिबाट औपचारिक उद्घाटन हुँदै

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । तेस्रो पटक नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को तयारी पूरा भएको छ । सागको उद्घाटन काठमाडौंमा आज हुँदैछ ।दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सवको साँझ पाँच बजे दशरथ रंगशालामा विशेष समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनमा प्रतियोगितामा सहभागी सातै देशको मार्चपास सहित नेपालको कला, संस्कृति र पहिचान झल्कने सांस्कृतिक कार्यक्रम राखिएको छ । उद्घाटन कार्यक्रममा झण्डै ७ हजार मानिस सहभागी हुने जनाइएकाे छ ।

सागका खेलहरू काठमाडौंका अतिरिक्त पोेखरा र जनकपुरमा समेत हुनेछन् । सागमा ७ देशका ३ हजार बढी खेलाडीवीच ३ सय १७ स्वर्ण ३ सय १७ रजत र ४ सय ८१ कास्यका लागि प्रतिस्पर्धा हुनेछ । साग खेलकुद लाई मध्यनजर गर्दै काठमाडौं उपत्याकामा यातायातमा जोर बिरोर प्रणाली लागू गरिएको छ ।  साग खेलकुख पोखरा र काठमाडौंमा हुने भएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata