१३ औं सागमा आज : विभिन्न स्पर्धामा १३ खेल हुँदै

सोमवार, मंसिर २३, २०७६



 काठमाडौं  । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को नवौं दिन आज काठमाडौं, जनकपुर र पोखरामा गरी विभिन्न १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला फुटबल र आर्चरी पोखरामा हुनेछ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

फुटबलः साग अन्तर्गत महिला फुटबलको फाइनल खेल आज हुनेछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । महिला फुटबलमा माल्दिभ्सले कास्य जितिसकेको छ । पुरुषको स्वर्ण पदकका लागि भने मंगलबार नेपाल र भुटान खेल्नेछन् ।

क्रिकेटः साग क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल आज हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यस्तै नेपाल र माल्दिभ्सले कास्य पदकको लागि खेल्नेछ । महिलातर्फको स्वर्ण बंगलादेश, श्रीलंकाले रजत र नेपालले कास्य जितेको छ ।

कबड्डीः हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा महिला र पुरुष दुवैको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । महिलाको फाइनल खेल १ बजे हुनेछ ।

बास्केटबलः बास्केटबल अन्तर्गत आज सेमिफाइनल खेल हुनेछ । पुरुषको सेमिफाइनलमा बंगलादेश र श्रीलंका तथा भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

महिलाको सेमिफाइनल भारत र भुटान तथा नेपाल र माल्दिभ्सबीच हुने छ । थ्री बाई थ्रीको भने सेमिफाइनल र फाइनल हुनेछ ।

पुरुष सेमिफाइनलमा भारतले बंगलादेश तथा श्रीलंका र नेपालबीच खेल हुनेछ । महिलामा भारत र श्रीलंका उपाधिका लागि भिड्ने छन् ।

­­­­­­बक्सिङः साग बक्सिङमा आज विभिन्न ८ स्पर्धाको फाइनल खेल हुनेछ । नेपालका ९ खेलाडी फाइनल पुगेका छन् ।

आर्चरीः आर्चरीमा सोमबार एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी ४ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । आर्चरी पोखरामा भईरहेको छ ।

स्क्वासः आज स्क्वासमा पुरुष र महिलाको टिमको स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

टेनिसः टेनिस अन्तर्गत सोमबार महिला र पुरुषतर्फको सिंगल्सका खेलहरु हुनेछन् ।

टेनिस अन्तर्गत पुरुष सिंगल्सको उपाधिका लागि भारतका सकेथ साई मिनेनी र मनिष सुरेश कुमार तथा महिला सिंगल्सको उपाधिका लागि भारतकै श्रब्याभाबि सेट्टी र सत्विका समा प्रतिस्पर्धा गर्दैछन् ।

कुस्तीः कुस्तीमा आज दुई स्वर्ण पदकका लागि खेल हुनेछ । आइतबारसम्म भारतले १२, पाकिस्तानले तीन, श्रीलंकाले दुई र नेपालले एक स्वर्ण पदक जितेका छन् ।

जुडोः साग अन्तर्गत जुडोमा सोमबार विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । खेल आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र, लगनखेलमा हुनेछ ।

फेन्सिङः फेन्सिङ अन्तर्गत आज टिम स्पर्धामै तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

पौडीः पौडी अन्तर्गत सोमबार विभिन्न स्पर्धामा खेल हुनेछ । सातदोबाटोस्थित पौडी पोखरीमा बिहान हिट र बेलुका फाइनल चरणका खेल हुनेछ ।

सुटिङः सुटिङ अन्तर्गत सोमबार पनि एक खेलको प्रतिस्पर्धा हुनेछ ।

पदक तालिकामा आठौं दिनसम्म भारतले १ सय ४५ स्वर्णसहित अग्रता बनाएको छ भने ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments