सागको अन्तिम दिन: पुरूष फुटबल स्वर्णका लागि नेपाल र भुटान भिड्दै

१४ औं साग पाकिस्तानमा

मङ्लबार, मंसिर २४, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को अन्तिम दिन आज पुरूष फुटबलको फाइनल खेलमा नेपालले भुटानको सामना गर्दैछ । फाइनल खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । सागको समापनमा फुटबलको फाईनल खेल खेलाउन लागिएको हो ।

साग फुटवलमा नेपाल पाँचौ पटक र भुटान पहिलोपटक पुगेका हुन् । छनोट चरणमा हराएकाले आज पनि भुटानलाई पाखा लगाउदै स्वर्ण पदक घरमै राख्ने योजनामा छ ।

छनोट चरणमा नेपाल वाहेक सवैलाई हराएको भुटानपनि पहिलोपटक उपाधि जित्ने दाउमा छ ।  प्रतियोगितामा दक्षिण एसियाका ७ राष्ट्रले विभिन्न २६ खेलमा सहभागिता जनाएका छन् । प्रतियोगितामा आयोजक नेपालसहित भुटान, भारत, माल्दिभ्स, बंगलादेश, पाकिस्तान र श्रीलंका सहभागी थिए ।

दक्षिण एसियाली राष्ट्रलाई खेलकुदको माध्यमबाट जोड्ने उद्देश्यकले सन् १९८४ मा सागको सुरुवात नेपालबाट भएको थियो । सन् १९९९ मा नेपालले दोस्रो पटक साग आयोजना गरेको थियो भने यसवर्ष नेपालले तेस्रो पटक साग आयोजना गरेको हो ।

प्रतियोगितामा कुल ३ सय २४ स्वर्ण सहित १ हजार १ सय ३५ पदकका लागि प्रतिस्पर्धा चलेको थियो ।  कार्यक्रमलाई सागको ओलम्पिक काउन्सिल, राखेप सदस्य सचिव, युवा तथा खेलकुद मन्त्रीले सम्बोधन गर्नेछन् । त्यसपछि १४ औं साग आयोजनाको झण्डा पाकिस्तानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments