साग खेलकुदको नाममा राष्ट्रिय सम्पतिको चरम दुरुपयोग

मङ्लबार, मंसिर १७, २०७६



काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता नेपालले आयोजक राष्ट्र बनेर खेल सञ्चालन गर्ने अवसर प्राप्त गर्यो ।  गत आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले साग खेलकाे औपचारिक रुपमा उद्घाटन गरिन । थुप्रै चुनौतीका बावजुद आयोजक राष्ट्र बनेको नेपालले खेलकुदको नाममा बिनियाेजित बजेटकाे चरम दूरुपयाेग राेक्न नसकेकाे खुलासा भएकाे छ ।

खेलाडीहरुलाई राज्यले उचित लगानी गर्न नसकिएको भन्दै खेलजगतबाट खेलाडीहरु बर्हिगमन हुन परेको समयमा उनीहरुको नाममा आएको रकमको चरम दुरुपयोग भएको छ ।
नेपाली खेलाडीहरुले त्यसको उपयोग गर्नु पर्नेमा उक्त रकममा मन्त्री देखी ४० भिआपीले दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको हो ।

सागका लागि विनियोजित बजेटबाट गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मा लगायत ४० जना भिआइपीले दौरा सुरुवाल किनेका छन ।

समितिमा प्रदेश नं-३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, मुख्यसचिव लोकदर्शन रेग्मी पनि छन् । उनीहरूका लागि पनि एक–एक जोर कपडा व्यवस्था भएको छ ।

त्यस्तै, आयोजक समितिका अध्यक्ष खेलकुदमन्त्री, काठमाडौं महानगरपालिकाका प्रमुख, ललितपुर महानगरपालिकाका प्रमुख, पोखरा महानगरपालिकाका प्रमुख, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, युवा खेलकुद मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, नेपाली सेनाका रथीले पनि सागकै खर्चमा दौरा–सुरुवाल सिलाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata