१३ औं साग प्रतियाेगिता: कराँते टिम कातामा पनि नेपालको स्वर्ण

सोमवार, मंसिर १६, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले कराँते टिममा पनि नेपाल स्वर्ण पदक जित हात पारेको छ ।  सोमबार भएको खेलमा मन्डेकाजी श्रेष्ठ, प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो ।

नेपालले फाइनलमा श्रीलंकालाई पराजित गरेको हो । नेपाली टोलीले फाइनलमा २५.५४ अंक प्राप्त गर्यो। यस्तै श्रीलंकाले २५.२८ अंकले पराजित गर्यो। त्यसअघि बंगलादेशलाई हराउँदै नेपाल अन्तिम दुईमा पुगेको हो । नेपाली टोलीले २५.१४ स्कोर गर्दा बंगलादेशले २४.८८ स्कोर गरेको थियो । श्रीलंकाले पाकिस्तानलाई हराउँदै अन्तिम दुईमा पुगेको थियो । नेपालले स्वर्ण पदक जित्ने क्रम जारी रहेको छ । त्यस्तै  कराँते महिला टिमले समेत स्वर्ण पदक हात पारेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata