काठमाडौंबाट दिल्लीका लागि उडान भर्न लागेको जेट एरवेज दुर्घटनाबाट बच्यो

बिहिबार, चैत्र २८, २०७५



काठमाडौं । भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठुलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना टर्यो ।

विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’बाट घुमाएर पार्किङ स्थलमा लगेका थिए । अपराह्न ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्र्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुनः जहाजलाई ‘रनवे’बाट पार्किङमा फर्काइएको थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata