‘गोल्डन शावर’ विवाद : सद्गुरु बने सोसियल मिडियामा ट्रोल

शुक्रबार, साउन १०, २०७६



एजेन्सी । आध्यात्मिक गुरु जग्गी वासुदेव उर्फ सद्गुरु  आफ्नै ट्वीटका कारण सामाजिक सञ्जालमा ट्रोल बनिरहेका छन् ।एथ्लेट्स हिमा दासले पछिल्लो महिना मात्रै पाँच वटा स्वर्ण पदक जितेकी थिइन् । गोल्डन गर्ल दासलाई विभिन्न सेलिब्रेटिहरुले बधाई ज्ञापन गरिरहेकै थिए । यसै क्रमना सदगुरुले पनि हिमालाई बधाई दिए ।

बधाई दिनको लागि उनले प्रयोग गरेको शब्दहरुका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरु उनको खिलाफ उत्रिए । सदगुरुले हिमाको बधाई दिँदै आफ्नो ट्वीटर एकाउन्टमा लेखेका थिए, “हिमा दास- भारतको लागि एक गोल्डन शावर(सुनको वर्षा)  हुन् । उनलाई बधाई तथा आशिर्वाद ।”

उनले प्रयोग गरेको सोहि गोल्डेन शावरको गलत अर्थ निकाल्दै उनको ट्रोल बन्न शुरु भएको हो । ‘गोल्डन शावर’ को मतलब सेक्सयुल डिजायरको क्रममा कसै(पार्टनर)माथि पिसाब गर्नु भन्ने हुन्छ ।

सोसियल सल्याङ्गको ओर्ड अफ माउथ नबुझेका सद्गुरुले यस ट्रोल प्रति कुनै प्रतिक्रिया भने जनाएका छैनन् ।

हिमाले यस महिना कुल पाँच वटा स्वर्ण पदक जितेकी  छिन् । यसभन्दा पहिले २ जुलाईमा युरोपमा, सात जुलाईमा कुन्टो एथलेटिक्स मिटमा, १३ जुलाईमा चेक गणराज्यमा साथै १७ जुलाईको टाबोर ग्राटाबोर ग्रा प्रि. को अलग-अलग प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन् ।

  • Sadhguru
    @SadhguruJV

 

Hima Das, a Golden shower for India. Congratulations and Blessings. -Sg

#HimaDas

Hima Das Wins Fourth Gold in 15 Days, Muhammad Anas Gets Top Spot
Hima Das won gold in the 200m, her fourth gold in little over two weeks, as Muhammad Anas secured gold in the 400m.
news18.com
3:03 PM · Jul 18, 2019·Twitter for Android
8K

Likes

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments