६ महिनामा सवारीसाधन दुर्घटनामा ७० को मृत्यु

बिहिबार, माघ २, २०७६



चितवन । चितवन जिल्लाको चालु आर्थिक वर्ष ०७६/७७ को ६ महिनामा सवारीसाधन दुर्घटनामा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३ सय २४ जना घाइते भएका छन् । तीमध्ये १ सय ६ जना सख्त घाइते भएका थिए भने २ सय १८ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ ।

सबैभन्दा बढी पुरुषको मृत्यु :

चालु आवको ६ महिनामा दुर्घटनामा परेर सबैभन्दा बढी पुरुषको मृत्यु भएको छ । कार्यालयले दिएको जानकारी अनुसार सो अवधिमा ६१  पुरुष, ९ महिलाको मृत्यु भएको छ ।

१६७ दुर्घटना, २७२ सवारीसाधन संलग्न :

यो ६ महिनाको अवधिमा २ सय ७२ सवारीसाधन दुर्घटनामा संलग्न भएकोमध्ये १ सय ६७ वटा दुर्घटना भएको प्रहरीले जनाएको छ । यसमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ । त्यसपछि दोस्रो दुर्घटनामा कार जिप भ्यान छन् । तेस्रो बढी दुर्घटनामा ट्यांकर र ट्रक छन् । यो अवधिमा १ सय १६ मोटरसाइकल, ४५ कार, जिप, भ्यान तथा ३७ ट्रक, ट्रिपर दुर्घटनामा परेका थिए । यस्तै यो अवधिमा २६ बस, १८ साना सवारीसाधन, १२ टेम्पो, ६ ट्र्याक्टर, ५ माइक्रोबस, २ ट्रिपर र ५ अन्य सवारी रहेको कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) दयाकृष्ण भट्टले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments