१८ सहसचिवको सरुवा कसको कहाँ भयो नामवली सहित

बुधबार, बैशाख २६, २०७५



काठमाडौं । मंगलबार बसेको मन्त्रीपरिषदको निर्णयले १८ जना सहसचिवको सरुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कसलाई कहाँ गर्यो सरुवा यस्ताे छ सूची

१ ) भरतपुर महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमराज जोशी गृह मन्त्रालय
२) राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नेत्र प्रसाद सुवेदी भरतपुर महानगरपालिका

३) निर्वाचन आयोगका सचिव नवराज ढकाललाई उद्योग मन्त्रालय
४ ) निर्वाचन आयोगका सचिव दिनेश कुमार घिमिरेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय

५) उद्योग मन्त्रालयका मधुसुदन वुर्लाकोटीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

६) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सनद केसीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा

७) सामान्यको अतिरिक्त समूहमा रहेका कुमारप्रसाद दहाल विराटनगर महानगरपालिकामा सरुवा भएका छन्।

८ ) सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरु वेदबहादुर कार्कीलाई केन्द्रीय पञ्जिकरण विभाग

९) मुकुन्दप्रसाद निरौलालाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

१०) गंगाराम गेलाल निर्वाचन आयोग,

११) कूलप्रसाद चुडाललाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

१२) राजेश्वर ज्ञावालीलाई काठमाडौं महानगरपालिका

१३) विनोदप्रकाश सिंहलाई उद्योग मन्त्रालय

१४) वन तथा वातावरण मन्त्रालयका चन्द्रमान श्रेष्ठ राष्ट्रिय महिला आयोग

१५) राष्ट्रिय महिला आयोगका तुलसीराम सेढाईको रक्षा मन्त्रालय

१६) कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा कार्यरत टिकाराम घिमिरेलाई वन तथा वातावरण मन्त्रालयमा

१७) रक्षा मन्त्रालयमा कार्यरत आनन्दराम रेग्मीलाई सामान्यको अतिरिक्त समुह

१८) राष्ट्रिय सर्तकता केन्द्रकी प्रमिलादेवी शाक्य भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएकी छन्।

190 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank