सार्कमा ‘संयुक्त आपतकालीन कोष’ खडा गराैँ, भारतले १० मिलियन डलर जम्मा गर्छ – माेदी

सोमवार, चैत्र ३, २०७६



काठमाडौं । भारतले कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रबीच ‘संयुक्त आपतकालीन् कोष’ खडा गर्न प्रस्ताव गरेकाे छ । सार्क सदस्य मुलुकका राष्ट्र प्रमुखबीचकाे भिडियाे कन्फ्रेन्सिङका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले यस्ताे प्रस्ताव अघि सारेका हुन् ।

काेषमा भारतले शुरूमा १० मिलियन अमेरिकी डलर(करिब १ अर्ब नेपाली रुपैयाँ) बराबरको राशि जम्मा गर्ने पनि उनले बताए ।

हरेक राष्ट्रले यसमा योगदान गर्ने र अप्ठ्याराेमा आवश्यकता हेरेर यसलाई परिचालन गर्न सकिने माेदीकाे भनाइ छ ।

काेराेना भाइरसकाे प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने माेदीले चेतावनीसमेत दिए । उनले सार्क राष्ट्रबीचको सहकार्यले मात्रै काेराेनाकाे सम्भावित क्षति राेक्न सकिनेमा जाेड दिए ।

सार्क राष्ट्रको अर्थतन्त्र जाेगाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुकाे विकल्प नभएकाे माेदीले बताए ।

आइतबार काेराेना भाइरसकाे सामना गर्नका लागि आगामी रणनीति तयार गर्न माेदीकाे अग्रसरतामा सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भिडियो कन्फरेन्स भएकाे हाे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments