सार्क मन्त्रिपरिषद् बैठकमा पाकिस्तान र भारतबीच चर्काचर्की

शनिबार, अशोज ११, २०७६



काठमाडौं । सार्क मन्त्रिपरिषद् बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीद्वारा एकले अर्कोलाई बहिस्कार गरेका छन ।
जम्मु कश्मीरको विवादलाई लिएर सार्क मन्त्रीपरिषदको बैठकमा भारत र पाकिस्तानबीच चर्काचर्की भएको हो । राष्ट्रसंघको महासभामा पुगेका बेलामा नेपालले बोलाएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मन्त्रिपरिषद् बैठकमा भारत र पाकिस्तानका विदेशमन्त्रीले एकले अर्कोलाई बहिस्कार गरे ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा अमेरिकाको न्युयोर्कमा गए राती १० बजे बसेको मन्त्रीस्तरिय बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकरले आफ्नो धारणा राखेर बाहिरिएपछि मात्रै पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसीले आफ्नो धारणा राखेका थिए । सार्क अध्यक्षको हैसियतले नेपालले आयोजना गरेको बैठकमा भारतीय विदेशीमन्त्री जयशंकर रहु्न्जेल पाकिस्तानी विदेशमन्त्रीले बैठक बाहिस्कार गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments