साँगादेखि तामाघाटसम्मको यात्रा पछिको एक कथा

नेपालपाटी खोज

शुक्रबार, भदौ २३, २०७४

loading...

- प्रताप ओली



नेपाल प्रचुर सम्भावना बोकेको देश हो । यहाँका प्राकृतिक सम्पदाहरुको खोजी नहनु अर्को विकल्प हो तर भेटिएकै स्रोत साधन ओझेलमा पर्न थालेका छन् । नेपालको पुर्वदेखि पश्चिमसम्म हेर्दै जाँदा अनगिन्ती रमणिय स्थान छन् ,तालतलैया,छाँगा छहरा,खोलानाला,गुफा,जिवजन्तु,हिमाल ,डाँडाकाँडा हेर्दा मोहित नहुने कमै होलान् । नेपालले पर्यटन विकासका लागि केही प्रयास गरेको थियो । तर भुकम्प आए यता पर्यटन सम्बन्धि खासै उपलब्धि हासिल गर्न सकेन । सामान्यतया पर्यटकहरु काठमाडौंमा ओर्लीने क्रम त चलिरहेकै छ । काठमाडौं ओर्लिनासाथ पर्यटकले काठमाडौंका केही ऐतिहासिक छिन्नभिन्न मठमन्दिर,संग्रहालय,दरवार जस्ता कुराहरु देख्न पाएपनि यहाँको प्रदुषण र कोलाहलमा उनीहरुले पटक्कै बस्न रुचाउँदैनन् । त्यसैले काठमाडौ. नजिकै उनिहरु यात्रा गर्न चाहन्छन् । लागौं यी स्थानको पछिल्लो अवस्था तर्फ ।

कैलाशनाथ मन्दिर तथा साँगा महादेव मुर्ति

कैलाशनाथ मन्दिर बनाउने कामको सुरुवात २०६१ सालमा सुरु भई उद्घाटन २०६७ साल असार ७ गते मंगलबार तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री सरदसिंह भण्डारीले गरेका थिए । यो शिव मन्दिर विश्वकै अग्लो मन्दिरको रुपमा लिईन्छ जसको उचाई १४३ फीट रहेको छ ।

साँगा महादेव मन्दिर :तस्विर प्रताप ओली

           साँगा महादेव मन्दिर :तस्विर प्रताप ओली

यो मन्दिरको निर्माता प्रतिष्ठित ब्यापारी कमल जैन हुन जसले कैलाशनाथ पार्क र रीसोर्ट पनि संगै खोलेका छन् । यो मन्दिर भक्तपुर र काभ्रेपलाल्चोकको सिमाना साँगामा अवस्थित रहेको छ । यो मन्दिर तामा, स्टिल, जिन्क र सिमेन्टले बनाइएको छ ।

साँगा महादेव मन्दिर :तस्विर प्रताप ओली

                          साँगा महादेव मन्दिर :तस्विर प्रताप ओली

यहाँ देखि भक्तपुर, काठमाण्डौ र अग्ला हिम श्रीङ्खलाहरुको मनोरम दृश्य देख्न सकिन्छ । प्रत्येक दिन दर्शकहरुको भिड लाग्ने कैलासनाथ मन्दिर दर्शन गर्न रु. एकसय टिकटको काट्नु पर्ने छ । यो मुर्ति हेरेर रमाएको मन आजकाल एकाएक बाहिर निस्कँदा खिन्न हुने गर्दछ सबै पर्यटकको । कारण मन्दिर तथा मुर्ति जतिनै सफा भएपनि त्यहाँ प्रवेश गर्ने बाटो र साँगा बजारमा अति नै दुर्गन्धित वातारण रहेको छ ।

साँगा मन्दिर प्रवेश गर्ने बाटो छेउछाउको फोहोर : तस्विर प्रताप ओली

       साँगा मन्दिर प्रवेश गर्ने बाटो छेउछाउको फोहोर : तस्विर प्रताप ओली

बाटोमा हिँड्दा नाक छोपेर हिँड्नुपर्ने अवस्था आएपछि त्यहाँ कसरी पर्यटक तथा दर्शक पुग्लान ? अव्यवस्थित बाटो ,खुल्ला खानेकुराको व्यापार र प्रदुषित वातावरणमा पर्यटक कसरी भित्रीन्छन् ?

साँगा मन्दिर प्रवेश गर्ने बजार नजिको ढलमा देखिने फोहोर : तस्विर प्रताप ओली

         साँगा मन्दिर प्रवेश गर्ने बजार नजिको ढलमा देखिने फोहोर : तस्विर प्रताप ओली

बनेपा बजार

काठमाडौलाई थ्रेट दिईरहेको बजार हो बनेपा बजार । घना बजारीकरण अरनिको राजमार्गमा पर्ने यो बजारमा उद्योग कारखाना र व्यापारका लागी प्रतिष्ठित छ । बाहिरबाट हेर्दा विशाल शहर देखिने बनेपाको आफ्नै कहर पनि जोडिएको छ । काभ्रेपलान्चोक जिल्लाका अधिकांश मुख्य काम कारवाही हुने बनेपा शहरको कहर यस्तो छ ।
१. सवारी चाप अनुसारको सडक व्यवस्था छैन ।

बनेपा बजारमा देखिने सवारी चाप : तस्विर प्रताप ओली

            बनेपा बजारमा देखिने सवारी चाप : तस्विर प्रताप ओली

२. ट्राफिक लाईट नबल्ने अवस्थामा छन् ।
३. खाल्डाखुल्डी परिरहेका छन् , पार्किङ् स्थल छैन ।

बनेपा बजारमा देखिने खाल्डाखुल्डी : तस्विर प्रताप ओली

   बनेपा बजारमा देखिने खाल्डाखुल्डी : तस्विर प्रताप ओली

४. बजारभरी गन्हाउने फोहोरका डङ्गुर छन् ।

बनेपा बजारमा देखिने फोहोर : तस्विर प्रताप ओली

               बनेपा बजारमा देखिने फोहोर : तस्विर प्रताप ओली

५. खुला व्यापार छ ।
६.केही कलकारखाना छन् तर अव्यवस्थित छन् ।

धुलिखेल

काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम हो धुलिखेल । करिब १ हजार ६ सय २५ मिटर (५हजार ३ सय ३० फिट)को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र ती भन्दा पर सेता हिउँले सजिएका पर्वतमालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ ।

धुलिखेल चोक धुलाम्मे अवस्थामा : तस्विर प्रताप ओली

     धुलिखेल चोक धुलाम्मे अवस्थामा : तस्विर प्रताप ओली

हिमाली चुचुरा र र्सूयोदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरूलाई मात्र नभै नेपालीहरू समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरूको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरूको लामो लाईन, र पर्यटकहरूको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ । काठमाडौं – तातोपानी (चिन सिमाना) पुग्ने अरनिको राजमार्गको ३० कि.मि. (नौ कोस) मा अवस्थित धुलिखेल यातायातको दृष्टिले सुविधायुक्त, मानिन्छ । यहाँ आवागमनको निम्ति बस, ट्याक्सी आदि सुविधा सदैव प्राप्य छ ।

यहाँबाट गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश हिमाल, गौरीशंकर हिमाल, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतयास् देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाँडाबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षणको केन्द्रबिन्दू बन्दै गएको छ । तर पछिल्लो समय धुलिखेल नगरी नाम जस्तै धुलोसँग रमाउँदै गईरहेको छ । यस्तो धुलिखेल शहरमा जोडिएको कहर ।
१. धुँवा धुलो उडिरहेकोले पुरै बजार सेताम्य बन्दै गएको छ ।

धुलिखेल चोकको सडक छेउ धुलाम्मे अवस्थामा : तस्विर प्रताप ओली

धुलिखेल चोकको सडक छेउ धुलाम्मे अवस्थामा : तस्विर प्रताप ओली

२. ठुला ठुला होटेल छन् ,त्यी होटेलकै खानामा धुलोधुँवा पुगिरहेको छ ।
३. खुला रुपमा खाजा ,फलफुल जस्ता व्यापार भईरहेको छ ।

धुलिखेल चोकमा धुलोसँगै भईरहेको खुला व्यापार : तस्विर प्रताप ओली

            धुलिखेल चोकमा धुलोसँगै भईरहेको खुला व्यापार : तस्विर प्रताप ओली

४. धुँवा धुलो व्यवस्थापनको उपाय अवलम्बन गरिएको छैन ।

अरनिको राजमार्ग सडक

काठमाडौं–तातोपानी (चिन सिमाना) पुग्ने अरनिको राजमार्गको हालत अहिले खराब अवस्थामा छ । अरनिको राजमार्ग अन्तर्गत धुलिखेलदेखि पाचँखाल सडकखण्ड जिर्ण भएको लामो समय बितिसक्दा पनि सडकको सुधार हुन सकेको छैन ।

अरनिको राजमार्गमार्ग अन्तर्गत धुलिखेलदेखि तामाघाटसम्मको सडक : तस्विर प्रताप ओली

अरनिको राजमार्गमार्ग अन्तर्गत धुलिखेलदेखि तामाघाटसम्मको सडक : तस्विर प्रताप ओली

समय समयमा बाटो मर्मतका नाममा सडक डिभिजन कार्यालय र ठेकेदारले बाटो टालटुल र मर्मत गरेपनि केही हप्तामै बाटो उस्तै हुने गरेको छ । धुलिखेलदेखि पाचँखालसम्मको दश किलोमीटर दुरीमा हजारौ खाल्टा खुल्टी परेका छन् भने दैनिक जसो पहिरोको कारण यात्रुहरुको यात्रा जोखिमपूर्ण हुने गरेको छ । सडकको दायाँबायाँ पर्ने सबै घुम्ती काटेर सडक चौडा बनाउने भनेर डोजर लगाई भत्काईएकाले पहिरो जाने र हिलाम्मे हुने गरेको छ ।

अरनिको राजमार्गमार्ग अन्तर्गत धुलिखेलदेखि तामाघाटसम्मको सडक : तस्विर प्रताप ओली

              अरनिको राजमार्गमार्ग अन्तर्गत धुलिखेलदेखि तामाघाटसम्मको सडक : तस्विर प्रताप ओली

दैनिक दुई हजार भन्दा बढी सवारी साधन चल्ने गरेको सो राजमार्गमा सडक जिर्ण हुँदा दैनिक जसो दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यलयका प्रमुख शेखरजंग मल्लले जानकारी दिए ।

अरनिको राजमार्गमार्ग अन्तर्गत धुलिखेलदेखि तामाघाटसम्मको सडक : तस्विर प्रताप ओली

                   अरनिको राजमार्गमार्ग अन्तर्गत धुलिखेलदेखि तामाघाटसम्मको सडक : तस्विर प्रताप ओली

सवारी साधन

अरनिको राजमार्गमा चल्ने प्रायः सबै सार्वजनिक सवारी साधन थोत्रा मात्रै छन् । यात्रु चाप भईरहने यी थोत्रामा पनि अर्को अन्याय निकै व्याप्त छ । गाडीभित्र महिला,जेष्ठ नागरिक र अपाङ्ग सिटको आरक्षण छुट्याईको हुन्छ तर यी सिटमा तागत भएका युवा मात्रै बस्ने गरेका छन् । भदौ २३ गते शुक्रबार बिहान सिन्धुपाल्चोक देखि गाडीमा बसेका जेष्ठ नागरिक बिर बहादुर बानियाँ गाडिको अन्तिममा बसेका थिए ।

सिन्धुपाल्चोकदेखि काठमाडौं आईरहेको बसको अन्तिम सिटमा जेष्ठ नागरिक : तस्विर प्रताप ओली

      सिन्धुपाल्चोकदेखि काठमाडौं आईरहेको बसको अन्तिम सिटमा जेष्ठ नागरिक : तस्विर प्रताप ओली

गाडी गुडिरहेको बेला रोडको बेहाल स्थिति थियो नै जेष्ठ नागरिक सिटमा बसेका युवाहरु मस्त निन्द्रमा थिए । जेष्ठ नागरिक बाँनिया पछाडिबाट टाउकोमा चोट लाग्यो ऐया भन्दै बेला बेला कराईरहेका थिए तर सबै आ आफ्नो धन्दामा मस्त थिए । घरी घरी रोड भत्काका छन् ,बजिया कहिले होईनन् , रोड बनाउने भन्दै उनको गुनासो सुनिन्थ्यो । त्यसपछि गाडी खाँवा पुग्यो त्यहाँ एक जना हात नभएका अपांग आए ,अपांग सिट पनि पुरै प्याक थियो । सिटमा बसेकाहरु उठ्दै उठेनन् । सबैले आवाज उठाए ,कमसेम यी अपांग त बस्न देउ भनेर अझै उठेनन् । त्यसपछि मेरो ध्यान प्रत्येक सिटमा गयो । धेरै जेष्ठ नागरिक पछाडि पछाडि बसेका तर मौन थिए ।

सिन्धुपाल्चोकदेखि काठमाडौं आईरहेको बसको आठौं सिटमा जेष्ठ नागरिक तस्विर प्रताप ओली

                           सिन्धुपाल्चोकदेखि काठमाडौं आईरहेको बसको आठौं सिटमा जेष्ठ नागरिक तस्विर प्रताप ओली

सिटको आरक्षण छुट्याईका यी बसका ड्राईभर र कन्डक्टर भाडा असुल्नमा मात्र व्यस्त हुन्छन् । जो जहाँ बसेपनि उनिहरुलाई केही मतलव थिएन ।

सिन्धुपाल्चोकदेखि काठमाडौं आईरहेको बसको छैटौं सिटमा जेष्ठ नागरिक : तस्विर प्रताप ओली

       सिन्धुपाल्चोकदेखि काठमाडौं आईरहेको बसको छैटौं सिटमा जेष्ठ नागरिक : तस्विर प्रताप ओली

मानवता कहाँ हरायो ? जसको शक्ति उसको भक्ति कहिले सम्म ? यी बेसाहाराका लागी न्याय दिलाउने निकाय खोई ? आखिर यसरी कहिले सम्म चल्छ ? जस्ता प्रश्नहरुले घोचिरहे मलाई मैले सके जति आवाज उठाएको नै थिए तर मानेनन् त के गर्नु ? म पत्रकार भएका हैसियतले कलम चलाएँ यस तर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

तामाघाट बजार

काभ्रेको सदरमुकाम धुलीखेलबाट १४ किलोमिटर पुर्वमा अवस्थित पाँचखाल ३ तामाघाट बजारको आफ्नै छुट्टै विशेषता रहेको छ । जिल्लाको बेँसी तथा फाँटमा अवस्थित यो बजारमा निकै गर्मी हुने गर्दछ ।काभ्रे जिल्लाका बनेपा ,धुलिखेल शहर बजारलाई पछ्याईरहेको तामाघाट बजारमा अचेल बजारीकरण हुने क्रमसँगै अत्यधिक फोहोर देखिने गरेको छ ।

तामाघाट बजार छेउमा देखिने फोहोर : तस्विर प्रताप ओली

        तामाघाट बजार छेउमा देखिने फोहोर : तस्विर प्रताप ओली

जथाभावी रुपमा प्रयोग भईसकेका चिजबस्तुहरु रोड आसपासमा फ्याँक्ने गरेका छन् । ढलनिकासको व्यवस्था नभएकाले फालिईएका फोहोर कुहिएर गन्हाउने गरेको छ ।

तामाघाट बजारको अव्यवस्थित बजार प्रणाली : तस्विर प्रताप ओली

                            तामाघाट बजारको अव्यवस्थित बजार प्रणाली : तस्विर प्रताप ओली

अन्तः बोल्न मन लागेको रहर

नेपालको पर्यटन सम्भावना तुहियाउने प्रमुख तत्व फोहोर बनेकाले नेपाली समाजले सरसफाईका उपाय अगाल्नु आजको आवश्यकता हो । भनिन्छ ,“पुरानो भएपनि धोएर लगाउँदा राम्रो देखिन्छ ।” हामीसँग जस्तो ठाउँ गाउँ भएपनि हामी सफा राख्नु जरुरी छ । सफा ठाउँमा सबै रमाउने भएकाले हामी हरेक चिजमा सफा भएर निस्कन्छौ । असल अर्थात ज्ञानी मान्छे चिन्न उसको सरसफाईमा ध्यान कत्तिको छ भनि आँकलन गर्न सकिन्छ । मन्दिर छ त्यसकै परिसरमा फोहोर छ भने पुजा गर्नुको के अर्थ रहला ? खाना पकाउने भान्सामै गन्हाउँछ भने खानाको स्वाद र रुची कस्तो होला ? यी कुराहरु आम नेपालबासीले मनन गर्नु जरुरी छ । हामी बस्ने ठाउँ उज्यालो बनाउन केवल सरसफाईको आवश्यकता पर्छ ।

883 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank