सागका खेलाडीलाई सम्बोधन गर्दै प्रधानमन्त्री

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज(मंगलबार) दक्षिण एसियाली खेलकुद (साग) का खेलाडीलाई विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीका  प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएअनुसार आज बिहान ११ बजे प्रज्ञा भवनमा हुने कार्यक्रममा उनले सागका खेलाडी तथा प्रशिक्षकलाई सम्बोधन गर्न लागेका हुन् ।

दुई दशकपछि नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) यही मंसिर १५ गतेबाट नेपालमा हुँदैछ । प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू काठमाडौंसहित पोखरा र जनकपुरमा हुँदैछन् ।

साग नजिकिनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओली यसको व्यवस्थापन साथै खेलाडीको मनोबल मनोबल बढाउने ध्येयका साथ उक्त कार्यक्रम सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाका अनुसार, प्रज्ञाको सम्बोधनपछि ओलीले दशरथ रंगशालाको मर्मत कार्य अवलोकन गर्नेछन् ।

प्रधानमन्त्री सहभागी हुने उक्त कार्यक्रममा राष्ट्रिय महिला भलिबल खेलाडीहरूलाई पुरस्कार दिने तयारी पनि छ । बंगलादेशमा भएको एभीसी एसियन सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा नेपाली महिला भलिबल अटिमले स्वर्ण जितेको थियो । उनीहरू नेपाल फर्किएलगत्तै खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पुरस्कार वितरण गर्ने घोषणा गरेका थिए । यही घोषणाअनुरूप आज प्रधानमन्त्रीको हातबाट पुरस्कृत गर्न लागिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata