युएईका प्रधानमन्त्री पत्नी ‘हुसैन’ले अर्बौ लिएर देश छोडिन्

सोमवार, असार १६, २०७६



यूएई । युनाइटेड अरब इमिरेट्स(यूएई)का प्रधानमन्त्री शेख मोहम्मद बिन राशिद अल मखतुमकी श्रीमती हया बिन्त अल हुसैनले देश छाडेकी छिन् । करिब ४ सय ३४ अर्ब रुपैयाँ लिएर उनले नाटकीय रूपमा देश छाडेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन्  ।

सन् २००४ मा प्रधानमन्त्री शेखसँग विवाह गरेकी हुसैन जोर्डनका राजाका कान्छी बहिनि हुन् । अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन सकाएकी ४५ वर्षिया हुसैनले सन् २००० मा सिड्नीमा भएको ओलम्पिकमा जोर्डनको तर्फबाट ‘शो-जम्पिङ्’मा सहभागीता जनाएकी थिइन् ।

एक आधिकारिक स्रोतका अनुसार, उनको मन खेलकुदमा भएता पनि बालापनदेखि नै उनलाई यसबाट परिवारले टाढा राख्दै आइरहेको छ । यद्दपी उनी यस कुरामा विश्वास राख्छिन कि खेलकुदले महिलाको जीवन सार्थकता उच्च बनाउँछ साथै विभिन्न राष्टहरुबीचको सम्बन्धमा आत्मीयता बढाउँछ ।

उनलाई जर्मनीले आफ्नो देशमा शरण दिएको छ । यससँगै दुइ देश बीचको सम्बन्ध विवादमा आउने खतरा पनि देखिएको छ । बताइएको छ कि, आफ्नै पतिले शासन गरेको देशमा उनले सुरक्षा खतरा बढेको महसुस गर्दै आइरहेकी थिइन्। पारिवारिक जीवनबाट खुसी नरहेकाले उनले उक्त निर्णय लिएको पनि हुनसक्ने अधिकारीहरुको आशंका रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata