जयशंकर काठमाडौं आउँदै, नेपाल–भारत संयुक्त आयोगको बैठक आज

बुधबार, भदौ ४, २०७६



काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठक आज(बुधबार)देखि शुरु हुँदैछ । बैठकमा भाग लिन भारतीय विदेशमन्त्री एस जयशंकर आजै काठमाडौं आउँदैछन् ।

बैठक आज र भोलि काठमाडौंमा हुनेछ । सो बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) ले तयार पारेको प्रतिवेदनका विषयमा समेत छलफल हुने बताइएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार  संयुक्त आयोगको आजको  बैठकमा शान्ति, सुरक्षा र सीमा, कनेक्टिभिटी र सहयोग, व्यापार र पारवहन, उर्जा र जलस्रोत, कला, संस्कृति र शिक्षा सम्बन्धि विषयमा छलफल हुनेछ ।

भारतले इपीजीले तयार पारेको प्रतिवेदन तयार भएको एक वर्ष पुगिसक्दा पनि लिन मानेको छैन । सो प्रतिवेदनमा विगतमा दुई देशबीच भएका सन्धी सम्झौता पुनरावलोकन गर्न सुझाव दिइएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्र, रक्षा, उर्जा मन्त्रालयका प्रतिनिधिसहित ३५ जना सहभागी हुने छन् । भारतीय टोलीको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata