रुवान्डा नरसंहारका अभियुक्त फेलिसीन काबुगा फ्रान्सबाट पक्राउ

आइतवार, जेष्ठ ४, २०७७



काठमाडौं । रुवान्डा नरसंहारका मुख्य अभियुक्त मध्यका एक फेलिसीन काबुगा फ्रान्सबाट पक्राउ परेका छन् ।

फ्रान्सको कानुन मन्त्रालयले काबुगालाई राजधानी पेरिस नजिकैबाट पक्राउ गरेको बताएको छ । मन्त्रालयद्वारा जारी  बयानमा काबुगा आफ्नो परिचय लुकाएर फ्रान्समा लुकीछिपी बस्दै आएका थिए ।

रुवान्डाका लागि बनाइएको अन्तरराष्ट्रिय क्रिमिनल ट्राइब्युनलले ८४ वर्षीय काबुगामाथि नरसंहार र मानवताविरुद्धको अपराध आरोप तय गरेको थियो ।

उनीमाथि रुवान्डाको हुतु जातिको चरमपन्थी समूहलाई आर्थिक सहायता गरेको दाबी गरिएको थियो । हुतु समूहले १९९४ मा  रुवान्डामा भएको जातीय हिंसामा झण्डै आठ लाख मानिस(तुत्सी समुदाय)को हत्या गरेको थियो ।  अमेरिकाले काबुगाको गिरफ्तारी सम्बन्धी जानकारी दिनेलाई ५० लाख डलर पुरस्कारको घोषणा गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments