चट्याङ लागेर १२ जनाको मृत्यु

सोमवार, जेष्ठ ७, २०७५



रुवाण्डा । रुवाण्डाको किगाली भन्ने स्थानमा चट्याङ लागेर शनिबार र आइतबारमात्रै १२ जना किसानको मृत्यु भएको छ ।  दक्षिणी रुवाण्डाको उक्त स्थानमा खेतमा काम गरिरहेका ती किसान चट्याङबाट मारिएका छन् । सो घटनामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका त्यहाँको गृह प्रशासन सम्बन्धी अधिकारीले सोमबार जानकारी दिए ।

आइतबार बिहान ८ बजेतिर ४५ उक्त खेतमा कार्यरत कैयौँ किसानलाई चट्याङ लागेको थियो । आकास चम्किएको विद्युत्ले हानेपछि लगत्तै भूइँमा लडेका उनीहरुको घटनास्थलमै निधन भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उक्त स्थानमा गत महिनामात्र पनि चट्याङमा परी कैयौँको ज्यान गएको थियो । सो स्थानमा गतवर्ष पनि यसरी चट्याङ लागेर केही मानिसको ज्यान गएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata