रुसले कब्जामा लियो युक्रेनको जहाज

सोमवार, मंसिर १०, २०७५



क्रिमिया । रुसले सोमबार युक्रेनी नौ सेनाको तीनवटा समुन्द्री जहाज कब्जामा लिएको छ । रुसी एफएसबी सुरक्षा सेवाले सोमबार भनेको छ, सीमा गस्ती गरि रहेको सेनाले ब्ल्याक सी मा युक्रेनी नौ सेनाको जहाज रोक्न बाध्य पारिएको छ ।

रुसी सेनाले जहाज कब्जामा लिन पर्ने कारणमा युक्रेनी बख्तरबन्द तोपखानाको समुन्द्री जहाज आफ्नो क्षेत्रमा प्रवेश गर्दै अबैध क्रियाकलाप गर्ने प्रयास गरेको जनाएको छ ।  युक्रेनी नौ सेनाले जनाए अनुसार, आफ्ना ६ जना नाविक सैनिकलाई रुसी सेनाले गोली प्रहारबाट घाइते बनाउँदै कब्जामा लिनुका साथै जहाजमा ठूलो क्षती पुर्याएको जनाएको छ ।

घटनापछि सोमबार युक्रेनी राष्ट्रपति पेट्रो पोरोशेन्कोले उच्च नेता र उच्च अधिकारीसँग भेटघाट गरेका छन् । पोरोशेन्कोले भनेका छन् । संसद मार्शल ल लगाउने बारेमा सोचिरहेको छ । अकस्मात तातेको घटना पछि मस्कोले १९ किलोमिटर लामो क्रिमियन ब्रिजको तल एक ठूलो कार्गाे जहाज राखेको छ । जसले ट्राफिकलाई अबरुद्ध गर्न सक्छ ।

121 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank