रुसले एस-४०० मिसाइल भारतलाई दिनेमा ढुक्क

शुक्रबार, माघ ३, २०७६



एजेन्सी । रसियाको  चिफ अफ मिशन रोमन बबुश्किनले शुक्रवार भने ‘भारतलाई दिइने एस-४०० वायू रक्षा मिसाइल प्रणालीको आपूर्ति सन् २०२५ सम्म हुनेछ । “

उनले बताए कि भारतलाई दिइने उक्त एस-४०० मिसाइल निर्माणको काम शुरु भएको छ । विदेश मन्त्री एस. जयशंकर रुस-भारत-चीन त्रिपक्षीय बैठकमा भाग लिनको लागि २२ र २३ मार्चमा रुसमा हुनेछन् । एस-३००को उन्नत संस्करण एस-४०० यसभन्दा पहिले रसियाको रक्षा विभागसँग  उपलब्ध थियो ।

यससँगै एस-४०० खरिद गर्ने भारत तेस्रो देश बनेको छ । चीनले यस मिसाइल खरिद गर्ने दोस्रो देश हो । यस मिसाइलको पुरा नाम एस-४०० ट्रायम्फ हो, जसलाई नेटो देशहरूमा एसए-२१ ग्रोलर नामले पनि चिन्ने गरिन्छ । यो मिसाइलले  लामो दुरीको जमिनबाट आकाशमा मार हान्न सक्छ ।

एस-४०० सबैभन्दा पहिले सन् २००७ मा परिक्षण भएको थियो,  जुन वायु रक्षा मिसाइल प्रणाली एस-३०० को नयाँ संस्करण हो । यस मिसाइल सिस्टममा अत्याधुनिक प्रणालीहरू जडान गरिएका छन् । यसको मार हान्ने क्षमता अचुक रहेको छ । यसले एकसाथ तीन दिशाबाट आक्रमण गर्न सक्दछ । एकै समयमा लडाकु विमान, ब्यालेस्टिक मिसाइल वा क्रुज मिसाइल र ड्रोनमाथि धावा बोल्न सक्दछ ।

अमेरिकी सरकारको चर्को दबावको बावजुद मोदी सरकारले रुससँग एस-४०० मिसाइल खरिद गर्ने निर्णय गत वर्ष गरेको थियो । पाकिस्तानसँग लामो समयदेखि चल्दै आएको राजनीतिक द्वन्द्व र चीनसँग रहेको एस-४०० मिसाइलको कारण भारतले आफ्नो वायु रक्षा प्रणालीलाई मजबुत बनाउन यो निर्णय गर्न परेको दाबी अमेरिकीहरूसँग मोदी सरकारले गर्दै आइरहेको छ ।

निकट भविष्यमा अमेरिकी राष्ट्रपति ट्रम्प भारत भ्रमण गर्न लागेकै समयमा रुसले एस-४०० मिसाइल भारतलाई दिन काम शुरु भएको बताउनुले दक्षिण एसियामा अमेरिका र रुसको शक्ति संघर्ष झनै चर्कने राजनीतिक विश्लेषकहरूले औल्याएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments