रुसको व्यापारिक केन्द्रमा आगलागी ३७ जनाको मृत्यु

सोमवार, चैत्र १२, २०७४



रुस । रुसको व्यापारिक केन्द्रमा भीषण आगलागी भएकाे छ । अागलागीमा परि ३७ जनाको मृत्यु भएको छ ।  आगलागीमा परि ४१ बालबालिकासहित ६४ जना हराइरहेका छन् । व्यापारिक केन्द्र रहेको भवनको एक भाग नै भत्किएको छ ।

रुसी सञ्चार माध्यमका अनुसार भवनको माथिल्लो तलामा आगो लागेको होे । पीडितको उद्दारका लागि ६ सय ६० भन्दा बढी उद्दारकर्मी परिचालन गरिएको छ । आगो लाग्नुको कारण अहिलेसम्म खुलेको छैन ।

सन् २०१३ मा खुलेको यो केन्द्रमा रेष्टुराँ, चिडियाघर, सिनेमाघरलगायत छन् । केमेरोफोको विन्टर चेली मलको चौथो तलबाट आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।

167 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank