आज नचलेका सबै गाडीको रुट परमिट आजैदेखि निलम्बन गर्छुः महानिर्देशक भट्टराई

शुक्रबार, बैशाख २१, २०७५



काठमाडौँ । सरकारले बन्द हड्तालको नाममा सवारी साधन नचलाउने यातायात समितिको रुट परमिट निलम्बन गर्ने भएको छ । गृहमन्त्रालय, यातायात व्यवस्था विभाग र नेपाल प्रहरीको संयुक्त बैठकले आजैदेखि सवारी साधन नचलाउने बसको रुट इजाजत निलम्बन गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिएका हुन् ।

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा भट्टराईले सरकारको निर्णय नमान्ने यातायात व्यावसायीको कुनै पनि माग पूरा गर्न नसकिने बताउँदै शुक्रबार साँझदेखि लागु हुने रुट परमिट निलम्ब गर्ने तयारी भइरहेको बताए । सवारी तथा यातायात व्यवस्था ऐन अनुसार रुट परमिट निलम्बन गरिने उनले बताएका छन् ।

त्यसैगरी सिन्डिकेट लाद्ने बस व्यवसायी समिति तथा व्यक्तिहरूले बैँकबाट धमाधम पैसा निकालेको सूचना प्राप्त भएको भन्दै उनले बैँक खाता रोक्नका लागि गृहमन्त्रालयले गृहकार्य सुरु गरिसकेको बताए ।

124 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank