ज्योति पक्राउ परेपछि व्यवसायिक क्षेत्र आतंकित

मङ्लबार, कार्तिक २६, २०७६



मुलुकको प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक घराना ज्योति समूहका उपाध्यक्ष डा.रुपज्योति र उनकी छोरी सुरुचीलाई ठगी आरोपमा पक्राउ गरेको प्रहरीले समूहका अध्यक्ष पदम ज्योतिलाई पनि पक्राउ गर्ने तयारी गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार जिल्ला अदालत काठमाडौंबाट ज्योतिलाई पक्राउ गर्न अनुमति पाएसँगै उनी पक्राउ पर्ने सम्भावना उच्च देखिएको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले दिएको जानकारीअनुसार व्यवसायी पदमज्योतिलाई सोमबार अदालतले पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष रहिसकेका पदमज्योति राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) का अध्यक्ष समेत हुन् । उनी पहिलो संविधानसभामा तत्कालीन माओवादीको सिफारिसमा सभासद बनेका थिए ।

आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata