पथरीमा एक महिलाको रहस्यमय हत्या

शनिबार, बैशाख ७, २०७६



मोरङ । मोरङस्थित पथरीमा एक महिलाको रहस्यमय हत्या भएको छ । तेह्रथुम घर भइ पथरी शनिश्चरे नगरपालिका १ मा बस्दै आएकी २८ बर्षीय रुपा बस्नेतको हिजो (शुक्रबार) राति हत्या भएको हो ।

बस्नेतको शव आज बिहान डेरा बसेकै घरको भुई तल्लामा निर्वस्त्र अवस्थामा फेला परेको छ ।  आठ बर्षदेखि छोरासँगै पथरी शनिश्चरेमा बस्दै आएकी रुपाको पति भने बैदेशिक रोजगारका क्रममा दुवईमा रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा हत्या भएको देखिएकाले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको सो स्थानमा कस्मेटिक पसल समेत रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata