राष्ट्रपति ट्रम्पले नेता किमलाई ‘रकेट म्यान’ भनेर सम्बोधन गरेपछि..

बिहिबार, मंसिर १९, २०७६



एजेन्सी । उत्तर कोरियाले सैन्य कारवाही गर्ने अमेरिकाको धम्की विरुद्ध बोलेको छ ! उत्तर कोरियाका सशस्त्र बलका प्रमुखले हिजो(बुधवार) एक विज्ञप्ति जारी गर्दै  किम जोंग उन सरकारलाई सैन्य कारवाहीकालागि धम्की दिने बिरूद्ध संयुक्त राज्यलाई सतर्क गराएका हुन् ।

कोरियाली पिपुल्स आर्मीका प्रमुख पाक जोंग चोनको उक्त भनाईलाई प्योंगयांग र वाशिंगटन सम्बन्धको डरलाग्दो  भविष्यको बारेमा चेतावनीको श्रृंखला शुरु भएको जानकारहरू बताईरेहका छन्।  प्रमुख चोनले  भने – “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको बारेमा “अवांछनीय टिप्पणी” गरेका रहेछन्, जसका कारण नेता किम रिसाएका छन् ।”

मंगलबार लन्डनमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का सदस्य राष्ट्रबीच बैठकमा भाग लिने क्रममा अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले सो कुरा बताएको कोरियाली पिपुल्स आर्मीको आरोप लगाएका हुन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीले यस हप्ताको शुरुमै प्योंगयांगले वाशिंगटनका लागि “क्रिसमसको उपहार” तयार गरिरहेको बताएका थिए । तर प्रमुख पाकले  चेतावनी दिए कि ट्रम्प प्रशासनले वर्तमानमा प्राप्त गर्ने कुरा आगामी दिनहरूमा हुने घटनाहरूमा निर्भर गर्दछ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको मिसाइल परीक्षणमा हालसालै भएको आणविक परिक्षण  र मंगलबार आणविक वार्ताको स्थितिको बारेमा सोध्दा उनले किमलाई “रकेट म्यान” भनेर सम्बोधन गरेको कुरालाई लिएर पनि उत्तर कोरियाले विरोध जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments