ह्वाइट हाउसद्वारा ट्रम्पको फोन वार्ता विवरण सार्वजनिक

बिहिबार, अशोज ९, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति ब्लोदीमीर जेलेन्स्कीबीच भएको फोन वार्ताको विस्तृत विवरण बुधबार सार्वजनिक गरेको छ । सोही विषयलाई लिएर अहिले राष्ट्रपति ट्रम्प विरुद्ध संसदमा महाअभियोगको प्रक्रिया चलिरहेको छ ।

ह्वाइट हाउसले सार्वजनिक गरेको वार्ताको विवरणमा ट्रम्पले जेलेन्स्कीलाई २५ जुलाईका दिन फोन गरेका थिए । उनले विपक्षी डेमोक्रेटिक पार्टीका सम्भावित राष्ट्रपति पदका उमेदवार जो बाइडेन र युक्रेनी ग्यास फर्ममा काम गर्ने उनका छोराविरुद्ध जाँच गर्न आग्रह गरेका थिए ।

ट्रम्पले मंगलबार सो वार्ताको विस्तृत विवरण सार्वजनिक गर्ने बताएका थिए । तर, बुधबार सार्वजनिक गरिएको विवरण अमेरिकी अधिकारीले गरेको टिपोट मात्रै हो । ट्रम्पले जेलेन्स्कीसँगको कुराकानीमा वाइडेन अमेरिकाको उपराष्ट्रपति भएका बेलामा युक्रेनका सरकारी वकिल विक्टर शौकिनलाई हटाउन दबाब दिएको जनाएका  थिए ।

शौकिनको कार्यालयले न्याचुरल ग्यास कम्पनीविरुद्ध जाँच शुरु गरेको थियो । जसमा जो बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य छन् । यद्यपि पश्चिमी अधिकारीहरुले शौकीनलाई हटाउनुको कारण उनी भ्रष्टाचारको मामिलामा नरम देखिएकाले भएको जनाएका छन् । ट्रम्पले आफ्नो फोनवार्ताका क्रममा भनेका छन्, “दोस्रो कुरा यहो हो कि बाइडेनका छोराको विषय निकै चर्चामा छ । वाइडेनले जाँच रोकिदिएका थिए । यसैले तपाईँले जे गर्नुहुन्छ त्यो राम्रो हुनेछ ।”

ट्रम्पले भनेका छन्,“बाइडेनले आफूले जाँच रोकाइदिएको बताउने गरेका छन् । यसकारण तपाईँ यसलाई हेर्नुहोला, मलाई यो भयानक घटना लागेको छ ।”

ट्रम्पले वार्ताका क्रममा जेलेन्स्कीलाई अमेरिकी महान्यायाधिवक्ता विलियम बार र राष्ट्रपतिका निजी वकिल रुडोल्फ गियलियानीसँग पनि सम्पर्कमा रहन आग्रह गरेका छन् । यही विषयलाई लिएर अहिले ट्रम्पका विरुद्धमा महाअभियोग चलेको हो ।

के हो महाअभियोग ?

अमेरिकी संविधानअनुसार राष्ट्रपतिलाई देशद्रोह, घुस तथा संगीन अपराधमा महाअभियोग लाग्न सक्छ । अमेरिकामा महाअभियोगको प्रक्रिया हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट शुरु हुन्छ । यसलाई पास गर्नको लागि साधारण बहुमतको जरुरी हुन्छ । यसबारेमा सिनेटमा एक सुनुवाई हुन्छ तर महाअभियोगको मन्जुरी दिनका लागि दुई तिहाई बहुमतको जरुरी हुन्छ । अमेरिकी इतिहासमा अहिलेसम्म कुनै पनि राष्ट्रपति महाअभियोगबाट हटेका छैनन् ।

अब के हुन्छ ?

अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति विरुद्ध महाअभियोगको औपचारिक प्रक्रिया शुरु गरेकी छन् । यो पनि भनिएको छ कि तल्लो सदन प्रतिनिधिसभामा महाअभियोग पास हुन सक्छ ।  किनकि त्यहाँ विपक्षीको बहुमत छ । तर, माथिल्लो सदन सिनेटमा पास गराउन दुई तिहाई बहुमत चाहिन्छ । सिनेटमा भने राष्ट्रपतिकै दल रिपब्लिकनको बहुमत  छ । ट्रम्पको विरुद्धमा यसअघि पनि महाअभियोगको चर्चा चलेको थियो ।

सन् २०१६ मा भएको चुनाव प्रभावित गर्नका लागि रुससँग ट्रम्पको साँठगाँठलाई लिएर उनीमाथि महाअभियोगको कुरा आएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata