वेरोजगार युवायुवतीलाई सिप र सामाग्री प्रदान

मङ्लबार, माघ ४, २०७३

- धनवीर दाहाल



रुकुम । रुकुमका चार गाविस बेरोजगार ३० जना युवायुवतीलाई सिपसंगै सामाग्री प्रदान गरिएको छ । सेभ द चिल्डे«न र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्र्तगत बाल गरिवी तथा पोषण कार्यक्रमबाट जिल्लाका नुवाकोट, खोलागाउँ, सिम्ली र गरायला गाविसका २० जना युवती र १० युवाहरुलाई सिपसंगै सामाग्री दिएको हो ।
एक औचारिक कार्यक्रमको आयोजना गरेर व्यपसाय सिप विकास तालिमका लागि आवश्यक पर्ने सिलाई काटाई मेसिन र मोबाईलका सामाग्री दिएको छ । व्यसाय सिप विकास तालिम तथा सामाग्री वितरण कार्यक्रम बोल्दै प्रमुख अतिथी तथा स्थानिय विकास अधिकारी नरेन्द्रकुमार रानाले सिपलाई व्यवहारमा प्रयोग गर्नुपर्ने बताए ।

तालिम,प्रमाणपत्र लिनु मात्र ठुलोे नभएकाले सिपलाई विकास परिवर्तनमा देखाउन तालिमका सहभागिलाई सुझाव दिए । तालिम सिकेका कुरा व्यवहारमा प्रयोग गरेपछि जस्ता सुकै नागरिकहरु प्नि देशका सक्षम, सफल, स्वाभिमानी र आत्मनिर्भर नागरिक बन्ने उनको भनाई रहेको थियो ।

 संस्थाले समाजका वेरोजगारीमा रहेका युवायुवतीलाई लक्षिती गरेर गरेका कार्यक्रमले समाजका नागरिकहरुको जीवन परिवर्तन गर्न सहयोग गरिरहेकाले सिपलाई दुर्पयोग भन्दा पनि सदुपयोगमा ध्यान दिन आग्रह समेत गरेको छ  ।

यस्तै कार्यक्रमको अध्यक्ष र रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले यस्ता सिप विकास तालिम आफ्नो संस्थाले सात वर्षदेखि सञ्चालन गर्दै आएकाले सिप सिकेकाहरुले जीवनस्तर परिवर्तत गरिरहेको यस वर्ष सिप सिकेले पनि आफ्नो जीवन परिवर्तन गर्नेमा आफु र आफ्नो संस्था विश्वत रहेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata