रुकुम हत्याकाण्ड -वडा अध्यक्ष सहित २३ जनालाई थुनामा पठाउन आदेश

बुधबार, असार १०, २०७७



काठमाडौं । गत जेठ १० गते जाजरकोटका ५ र रुकुम पश्चिमका १ सहित ६ जनाको ज्यान जानेगरी भएको रुकुम पश्चिमको चौरजहारी घटनाबारे थुनछेक बहस सकिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि जिल्ला अदालत रुकुमले वडा अध्यक्ष सहित २३ जनालाई थुनामा राख्न आदेश दिएको हो । चौरजहारी काण्डका २७ प्रतिवादीमध्ये वडाध्यक्षसहित २३ जनालाई अदालतले थुनामा पठाएको हो ।

हत्याकाण्डका प्रतिवादी रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं‍-८ सोती गाउँका वडाध्यक्ष डम्मरबहादुर मल्ल, केटी, उनका बाबु आमासहित ३४ जना विरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र छुवाछुत विरुद्धको कसुरमा अदालतमा मुद्दा दायर भएको थियो ।

किशोरीकी आमा १ लाख धरौटीमा र तीनजना साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । ५ जना सरकारी वकिल र जाहेरीवालाको तर्फबाट ३ जना वरिष्ठ अधिबक्तासहित २० जनाले बहस गरेका थिए।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments