रुखले च्याँपेर बालकको मृत्यु

बुधबार, भदौ २५, २०७६



दाङ । रुखले च्यापेर दाङमा एक बालकको ज्यान गएको छ भनेअर्का एक बालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बंगलाचुली गाउँपालिका– ६ सोतीटोलका हरिप्रसाद खत्रीका १० वर्षीय छोरा सुजन खत्रीको रुखले च्यापेर ज्यान गएको हो ।

रुखले च्याप्दा सुुजनको घटनास्थलमै ज्यान गएको थियो । घटनामा गम्भीर घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

स्थानीय खमारी च्युुरिडाँडा प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी रुख ढलेर उनीहरुलाई थिचेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata