वाह! रूख-घर, दिनहुँ भिड, रुखमै बैठक बस्न सकिने

आइतवार, कार्तिक ३, २०७६



ठूलै सल्लाको रुख। चढ्न त के हेर्दै आङ सिरिङ हुने। कोही यति ठूलो रुखमा चढ्ने कुरै भएन्। यूवाहरु समेत चढ्न सक्ने अवस्था थिएन्। तर, यही डरलाग्दो रुखमा अहिले दुधे बालकदेखि बृद्धबृद्धाहरु समेत सजिलै चढ्न सक्छन्।

सल्लाको रुख चढ्ने मात्र होइन, टुप्पोमै पुगेर आफुले चाहेजति आराम गर्न पाउँछन्। देख्दै आकर्षक छ। पाँच तलाको झण्डै एक सय जति सिँढी चढेर यही ठूलो रुखमा पुग्दा पर्यटकहरु दंग छन्।

चारैतिर विभिन्न प्रजातिका रुखकहरुले हरियाली छ। जाडोमा न्यानो र गर्मीमा शिलता पनि हुने। रेसुंगा नगरपालिका वडा नम्वर ५, ६ र ७ को संगमस्थ उनायचौरको उनायचौर भगवती मन्दिरमा दुई महिना अघि ‘ट्रि हाउस’ निर्माण गरियो।

यही हाउसमा चढेर आन्नदित हुन हिजोआज आन्तरिक एवं बाह्य पर्यटकहरुको घुँइचो लागेको छ। प्राकृतिक रुपमा बनाइएको यस हाउसले पर्यटकले मन तानेको छ। त्यहाँ पुग्दा देखिन्छ फोटो कैद गर्नेहरु व्यस्त हुन्छन्।

यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata