प्रचण्ड नेतृत्वको सरकारमा गएर गल्ति गरेको राप्रपाको निष्कर्ष, संशोधन प्रस्तावको बिपक्षमा मतदान गर्ने निर्णय

आइतवार, भदौ ४, २०७४

loading...


काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा गएर पार्टीले गल्ति गरेको निष्कर्ष राप्रपाले गरेको छ। सो पार्टीको हेटौडमा आईतबार सम्पन्न केन्दीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले संसदमा छलफलमा रहेको संविधान संशोधनको बिपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

‘मधेश केन्द्रीत राजनीतिक दलहरुलाई संविधानको मूल प्रवाहमा समावेश गराउन तथा निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्न समेत राप्रपा सदैव सकारात्मक छ र भविष्यमा पनि रहने छ । संसदमा हाल विचाराधिन संविधान संशोधन विधेयकले मधेश र मधेशी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको, मधेश केन्द्रीत राजनीतिक दलहरुले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिवद्धता व्यक्त गरि सकेको, विधेयक पारित गराउने बारे स्वयं सत्तारुढ दल, सरकार र राजपा समेत गम्भिर नरहेको, राप्रपाको तर्फबाट संसदमा पेश गरिएको हिन्दुराष्ट्र पुनस्र्थापना सम्बन्धि संविधान संशोधन विधेयक छलफलमा नल्याईएको तथा राप्रपालाई विभाजन गर्ने कार्यमा सरकार र सत्तारुढ दलहरु क्रियाशिल रहेको तथ्यलाई दृष्टिगत गर्दै राप्रपाले संसदमा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ’ बैठक पछि निर्णय सार्वजनिक गर्दै जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ।

बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै राष्ट्रियता, प्रजातन्त्र र समग्र अर्थतन्त्रमा देखा परेको ह्रास र नकारात्मक प्र्रवृतिप्रति चिन्ता प्रकट गरेको छ । सत्तारुढ दलहरुको अकर्मण्यता, गलत नीति र सत्ता लिप्साको कारण तराईमा सानै र सुक्ष्म रुपमा भएपनि विखण्डनकारी तत्व क्रियाशील भैरहेको हुँदा यस बारे गम्भिर हुन र अविलम्ब त्यस्तो अतिवादी कार्य नियन्त्रण गर्न सरकार एवं सम्वद्ध सवैमा राप्रपा आग्रह गरेको छ।

बैठकले हालै सम्पन्न स्थानीय तहको दुई चरणको निर्वाचनहरुमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको प्रति गम्भिर चिन्ता प्रकट गर्दै विगतका त्रुटि र कमजोरीहरुलाई सच्याएर आगामी दिनहरुमा सशक्त ढंगबाट अघि बढ्ने निर्णय गरेको छ।
सरकारमा पार्टीको सहभागिता, संविधान संशोधन बारे पार्टीको धारणा एवं पार्टीको विचार र सिद्धान्त बारे समेत पार्टी कार्यकर्ता तथा आमजनतामा समेत पर्न गएको नकारात्मक प्रभाव र भ्रम बारे बैठकले समिक्षा गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाको सहभागिता गम्भिर भुल भएको बैठकको ठहर गरेको छ । आत्मसमर्पणवादी मानसिकताबाट ग्रस्त रहेको सरकारमा सहभागी हुनु राप्रपा जस्तो राष्ट्रवादी पार्टीको निमित्त प्रत्युत्पादक हुन पुगेको निकर्ष निकालेको छ।

247 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank