यसकारण भाँडियो राप्रपा एकता

सोमवार, कार्तिक २६, २०७५



काठमाडौं । संवैधानिक राजसंस्थाको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच कुरा मिल्न नसकेपछि राप्रपा एकताको घोषणा भाँडिएको छ ।

सोमबार राष्ट्रिय सभा गृहमा एकीकृत राप्रपा राष्ट्रवादीसहित तीन राप्रपाबीचको एकता घोषणा गर्ने कार्यक्रम तय थियो । तर, आइतबार साँझ दुईवटै राप्रपाका अध्यक्ष कमल थापा र पशुपतिशमशेर राणाबीचको वार्तामा संवैधानिक राजसंस्था र चुनाव चिह्नका विषयमा सहमति जुट्न नसकेपछि एकता प्रक्रिया एकाएक भाँडिएको हो ।

महाराजगन्जस्थित होटल ‘ला शेर्पा’मा भएको वार्ताका क्रममा राप्रपा अध्यक्ष थापाले संवैधानिक राजतन्त्रलाई नै पार्टीको बटम लाइन बनाएर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए भने राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले असहमति जनाएका थिए ।

त्यसपछि पुनः चुनाव चिह्नका विषयमा समेत थापाले ‘गाई’ प्रस्ताव गरेपछि राणाले असहमति जनाएका हुन् । राणाले भने ‘हलो’ चिह्न राख्नुपर्ने अडान लिएका छन् ।

201 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank