राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक)को उपाध्यक्षमा लामा मनोनित

बिहिबार, भदौ २१, २०७५



काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक)को केन्द्रिय उपाध्यक्षमा कुमारी लामा मनोनित भएकी छन् । लामालार्इ  राप्रपा प्रजातान्त्रिक उच्चस्तरीय कार्यसम्पादक समितिका सदस्य पुर्बमन्त्री जगत प्रसाद गौचनको उपस्थितमा बसेको विद्यार्थी संगठनको बैठकले  उपाध्यक्षमा मनोनियत गरेको हो ।

लामाे समय देखी राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (प्रजातान्त्रिक) मा अाबद्ध लामालाई विद्यार्थी संगठनको बैठकबाट केन्द्रिय अध्यक्ष धनसुर शाहीले मनोनीत गरेका थिए । बैठकले  अन्य उपाध्यक्षहरुमा युबराज राना गुल्मी, निराजन बम कर्णाली प्रदेश र प्रबक्तामा पाँचथरका एन्टीसंघर्श राई लाई मनोनीत गरको छ ।

राप्रपा प्रजातान्त्रिक विद्यार्थी संगठनले केन्द्रिय संगठनलाई पूर्णता दिदै देशभर शाखा विस्तार गर्ने अध्यक्ष धनसुर शाहीले जानकारी दिए । आफुहरु विद्यार्थीहरुका हक र हितका लागि शैक्षिक अभियान तथा संगन विस्तारलाई निरन्तरता दिने अध्यक्ष शाहीको भनाई छ ।

मनोनीत गरेको सो पत्र पार्टी केन्द्रिय सचिवालय प्रमुख महामन्त्री राजाराम श्रेष्ठले कार्यकाल सफलताको शुभकामना दिदै पदाधिकारीहरुलाइ हस्तान्तरण गरेका थिए ।

206 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank