राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनद्वारा मुल्य बृद्धि फिर्ता गर्न माग

बिहिबार, भदौ २१, २०७५



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सरकारले गरेको पेर्टाेलियम पदार्थ मुल्य बृद्धिको विरोध गरेको छ ।

नेपाल आयल निगमनले गए राती १२ बजे देखी लागु हुने गरि बढाएको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको मुल्यमा वृद्धिको विरोध जनाएको छ । राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संगठनका प्रवक्ता छत्र खडायतले एक विज्ञप्ती निकाल्दै विरोध जनाएका हुन् ।

तत्काल मुल्य बृद्धि फिर्ता लिन माग विज्ञप्तीमा गरिएको छ । यदि सरकारले सो मागको वेवास्था गरे चरणबद्ध आन्दोनमा जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank