धार्मिक सद्भाव भड्काउनेलाई कानूनी कार्वाही गर्न राप्रपाको माग

शुक्रबार, साउन ३, २०७६



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शान्तिका दूत भगवान गौतम बौद्धको मूर्ति भत्काउनेलाई कार्बाहीको माग गरेको छ ।

सनातन धर्म संस्कृतिको विरोधमा रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका स्थित सिद्धार्थ राजमार्गमा नेपालको मौलिक मान्यता र परम्परालाई निरन्तरता दिदै स्थापना भएका भगवान बुद्धका शालिकहरु अज्ञात समुहले तोडफोड गरेको खबरले सर्वधर्म समभावको विचार राख्ने सम्पूर्ण नेपालीहरु मर्माहत भएको प्रेस विज्ञप्तीमा जनाएको छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङद्वारा जारी विज्ञप्तीमा भनिएको छ । धार्मीक, सामाजिक र सांस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधी व्यक्तिलाई कानुनी दायरामा ल्याइ कडा भन्दा कडा कारवाही गर्नको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछु ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata