राप्रपा सर्लाही–काठमाडौं सम्पर्क समाज गठन

शुक्रबार, भदौ २९, २०७५



काठमाडौं । राप्रपा सर्लाही काठमाडौं सम्पर्क समाज गठन भएको छ । सर्लाही जिल्लाबाट काठमाडौं आई विभिन्न पेसा, व्यवसाय गरेर बसिरहेएका राप्रपासँग आवद्ध व्यक्तित्वहरुको भेलाले अनिल कुमार यादवको अध्यक्षतामा १५ सदस्यीय ‘सर्लाही–काठमाडौं सम्पर्क समाज’ गठन गरेको हो ।

पार्टीका महामन्त्री एवं सम्पर्क समाज समन्वय विभागका प्रमुख भाष्कर भद्राको विशेष उपस्थितीमा सम्पन्न भेलाद्वारा गठित समितिको उपाध्यक्षमा जनकलाल स्याङवा, सचिबमा राजु मोक्तान कोषाध्यक्षमा सचिता साह दाहाल तथा सदस्यहरुमा विवेक मण्डल, नरेश यादव, लिला बहादुर सोलारी, सरोज खड्का, सुवास लामा, दिपेन्द्र यादव, राकेश यादव, अमर पाख्रीन, चन्दन साह, रवि यादव लगायतको कमिटी निर्माण गरेको जनाइएको छ ।

त्यस्तै भेलाबाट सल्लाहकारमा थिर प्रसाद पोखरेल लाई चयन गरेको छ ।

137 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank