राप्रपा राष्ट्रवादीका सहमहान्त्रीद्वारा पदबाट राजीनामा

शनिबार, चैत्र १७, २०७४



काठमाडौं । एकीकृत  राप्रपा राष्ट्रवादीका सहमहामन्त्रीद्वारा पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादीका सहमहामन्त्री नवराज दाहालले पदवाट राजिनामा दिएको घोषणा गरेका छन् ।

पार्टी स्थापनाकाल देखि नै राप्रपामा आवद्व रहेका दाहालले स्वतन्त्र वस्ने निर्णय गरेका हुन । पार्टीे नेतृत्ववाट पार्टीले अंगालेको विचार स्थापित हुन नसकेको भन्दै आफूले पार्टी परित्याग गरेको बताए ।

पार्टीमा निरङकुसशैली र दलाल प्रवृति हावी भएको उनको बताए । उनले पार्टीबाट मुलुकको निकासका लागि खास प्रकारको भूमिका निर्वाह हुन नसक्ने दावी समेत गरेका छन् ।  पार्टी विधी, विधान र पद्धतीबाट भन्दा सेटिङ र सिन्डिकेटमा चलेको समेत उनले आरोप लगाएका छन् । दाहाल राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्रका का अध्यक्ष समेत रहेका छन्।

145 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank