राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेला तोकियो

सोमवार, चैत्र १२, २०७४



काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेलाको मिति तय भएको छ ।
भेला यहि चैत्र २८ र २९ गते राजधानी काठमाडौंमा हुने भएको छ ।

भेलाको राप्रपा अध्यक्ष कमल थापाले उद्घाटन गर्ने कार्यतालिका रहेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन सचिवालय सदस्य छत्र खडायतले नेपाल पाटिलाइ जानकारी दिएका छन् । भेलामा प्रत्येक जिल्लाबाट ३ जना प्रतिनिधिका दरले विद्यार्थीहरु सहभागी हुने भएका छन् । आन्तरिक बिबादका कारण लामो समय भेला हुन नसकेको विद्यार्थी नेताले जनाएका छन् । भेलाले प्रजातान्त्रिक विद्यार्थी संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी नयाँ निर्देशीका तय गर्ने जनाएको छ ।

संगठनको अध्यक्षका लागि भेलाका संयोजक महेश सिंहले उम्मेदवारी दिने सम्भावना रहेको छ।  भेलामा पार्टी भोग्नु परेको पराजय माथि छलफल गर्नुका साथै शिक्षा नीतिमा देखा परेका विकृतीहरु,विसङगतीलाई हटाउने खालको नयाँ योजनाहरु पारीत गरिने सचिवालय सदस्य खडायतले जनाएका छन् । बैकल्पिक  राष्ट्रवादी  बध्यार्थी संगठन निर्माण गरि शैक्षिक क्षेत्र सुधार का निम्ति , समग्र राष्ट्र र राष्ट्रियता जोगाउन का निम्ति , अवको भेला ले नया नेत्रित्व सहित ,नया कार्य योजना सहित  स्पष्ट  मार्ग चित्र कोरेर जाने बताइएको छ ।  भेला मा देशै भरि का जिल्ला तथा क्याम्पस इकाइ बाट प्रतिनिधि आउने जनाइएको छ ।

268 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank