राप्रपामा रातारात सहमति तोडियो, थापालाई लोहनीको चुनौती

loading...

शुक्रबार, फाल्गुन ६, २०७३



काठमाडौं । रातरहे अग्राख पलाउछ भन्ने नेपाली उखान राजनीतिक पटकपटक लिने गरिन्छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा त्यही भएको छ । राप्रपाका शीर्ष नेताबीच एकता महाधिवेशनपछि कमल थापालाई नै अध्यक्ष बनाउने सहमति भंग भएको छ । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले आफैले गरेको सहमति भंग गर्दै अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कार्यकर्ताको चाहाना अनुसार भन्दै उनले विज्ञप्ति निकालेर नेतृत्वका लागि भएको सहमतिको औचित्य नभएको बताएका छन् । उनले आफूलाई सहयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

बुधबार अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपतीशम्सेर राणा र लोहनीबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो । पार्टीको चुनाव चिन्ह हलो र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने कुरामा असहमती जनाएकाले आफे थापा विरुद्ध मैदानमा उत्रिएको उनले बताएका छन् ।

यस्तो थियो थापाको रणनीति

1294 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom