बेलायती राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मार्कलको बिवाह यस्तो देखियो

शनिबार, जेष्ठ ५, २०७५



काठमाडौँ । बेलायतका राजकुमार ह्यारीले अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विवाह गरेका छन् । राजधानी लन्डनभन्दा झन्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टलमा बिवाह गरेका हुन् । विवाह समारोहमा एक लाख भन्दा बढी सहभागी थिए ।

३३ वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए । राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिकरुपमा देखा परेको थियो ।

भिडियो हेर्नुहोस्

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata