सडकले दिएको सास्ती

गाउँमाथि सडक काटिदाँ सिंगो वस्ती नै जोखिम

आइतवार, कार्तिक २५, २०७५



बाजुरा । बडिमालिका नगरपालिका २ मैमातोला विष्टवाडाका धनबहादुर विष्टले फुलफुलबाटै बार्षिक ६० हजार बढी आम्दानी गर्ने गथ्र्ये । उनको बारीमा हिउँद होस कि बर्खा मौसमी फलफूल प्रश्स्तै पाइन्थ्यो । तर दुई वर्षदेखि नत बार्षिक आम्दानी गर्न पाएका छन्,  नत बारीमा फलफूल नै फलेको देखिन्छ । त्यसको एउटा मात्र कारण हो, सडकसँगै बगेर आएको बाढी र बालुवाले फलफूल खेती नै बगाएर क्षति पुर्याएको छ । कमाइ खाने खेतबारी पनि बाढीसँगै बालुवा भरिएर बाँझै राख्नु परेको छ । उनको ७ जनाको परिवारलाई आम्दानीको श्रोत मात्र गुमाउनु परेको छैन्, पहिरोको जोखिम समेत सहनु परेको छ । यो समस्या मैमातोलाका ६ परिवारको हो । स्थानीय परे विष्ट, रने विष्ट, धौले विष्ट, नवी विष्ट, धनबहादुर विष्ट र गगने विष्टले उक्त जोखिम सहनु परेको छ । तत्कालिन जिल्ला विकास समितिले २०७३ सालमा वस्ती माथि मार्तडी देखि घटमुना जाने सडक काटेपछि सिंगो गाउँ नै विस्थापितको खतरामा छ ।

पहिरोको जोखिम बढे बस्ती सार्न नै पहल गर्ने आश्वासनका साथ सडक निर्माण गरिएको भएपनि हाल कतैबाट चासो र सरोकार छैन् भन्छन्, स्थानीय धौले विष्ट । ६ परिवारका ४८ जना जनसंख्या छ । उक्त स्थान बसाइ र जीवन निर्वाहको आधार थियो । जब सडक निर्माण सुरु भयो, त्यो बेलादेखि हरेक बर्षादमा पाल टाँगेर अन्यन्त्र बस्नु पर्ने बाध्यता उनीहरुलाई छ,  भने ४० मुरि बढीको खेतीइ योग्य जमिन पहिरोले बगाएको छ । बाँकी रहेको जमिन पनि पहिरोले पुरिने क्रम जारी रहेको भन्छन् स्थानीय वीरबहादुर विष्ट । मैमातोला बाँच्नका लागि मात्र नभई आयआर्जनका लागि उर्वर भूमि हो । त्यो बाहेक उनीहरुसँग अर्को जमिन छैन् । गाउँमा फल्ने सुन्तला, अम्बा, कागती, उखु, मौसमी, केराका अधिकांश बोट सुकिसकेका छन् । प्रत्येक परिवारले बार्षिक ६० हजार माथिको आम्दानी फलफूलबाटै गर्ने गथ्र्यो, सडक निर्माण पछि त्यो पनि उनीहरुले गुमाउन परेको दुखेसो छ, स्थानीय धनादेवी विष्टको छ ।

सडककै कारण गाउँको तिनतिर पहिरो छ । आँगनमा भौनेरा गाड बगीरहेको छ । बर्षादको समयमा बालबालिकालाई विद्यालय जान पाउँदैनन् । विद्यालयकै लागि विपी प्रावि र सत्यवादी मावि भौनेरा आउनु पर्ने बाध्यता उनीहरुलाई छ । सडकले केहीलाई सुविधा र सहजता दिएपनि उनीहरुको भने गास र बास मात्र होइन सिंगो खुसी लुटिदिएको छ । राज्यको तर्फबाट कुनै सहयोग नभएको गुनासो बारे वडा अध्यक्ष डम्मर महतले भने, बस्तीको उचीत व्यवस्थापनका लागि प्रयास भईरहेको बताए ।

rood

राज्यको तर्फबाट गौमुल गाउँपालिकाले ५ लाखको लागतमा सामान्य ढलको पानी कटानका लागि छेकबार बनाउनु बाहेक सिंगो भाँचेको छैन् । खानेपानी र सिँचाई सडक सँगै भासिएको छ । हाल उनीहरु खोलाको पानी खान बाध्य छन् । तीन पटक प्रशासनका निवेदन दिएका छन् । आधा दर्जन पटक बडिमालिका नगरपालिकालाई गुनासो सुनाएका छन् । तर कसैले पनि वास्ता गरेका छैन् । केही अधिकारका क्षेत्रमा काम गर्ने निकायले सवाल उठान गर्नु बाहेक काम भएको देखिदैन्, । तर नगर प्रमुख पदम बडुवाल भने तत्कालका लागि खाने पानी र सिँचाईको व्यवस्था गर्न सहयोग गर्ने भन्छन् ।

हालको अवस्था

सडक निर्माण पछि तीनतिरबाट पहिरोको जोखिम बढेको छ । भने बस्तीको दक्षिणतर्फ भौनेरा नदीका कारण थप समस्या सिर्जना भएको छ । बर्षादको समयमा घरमा बास बस्ने अवस्था छैन् । बस्ती माथिबाट पहिरो खस्ने डर रहेको स्थानीय बताउँछन् ।

खानेपानी र सिँचाईको पानी सडक निर्माणसँगै भत्कीएको छ । भने मुहान समेत सुकेको छ । हाल स्थानीय भौनेरा खोलाबाट पानी बोकेर खान बाध्य छन् । बाँकी रहेको जमिनमा पनि उत्पादन घटेको, फलफूलका रुखहरु सुक्दै गएको र दलहल बालीमा पनि ह्रास आएको स्थानीय वीरबहादुर विष्टले बताए ।

rood1

बेहोर्नु परेको क्षति

४० मुरि फल्ने खेत बगाएको वा पहिरोले पुरिएको छ । भने सुन्तला, मौसमी, कागती, अम्बाका रुखहरु सुक्दै जाँदा बार्षिक ३ लाख बढीको नोक्सानी भएको छ । बाँकी रहेको जमिनमा पनि उखु, दलहन, उत्पादन नै नहुने गरेको धनादेवी विष्टले बताईन् ।

तीनतिरबाट पहिरो बग्ने, बाढी आउने र माथिबाट ढुंगा खस्ने हुँदा बालबालिकालाई विद्यालय जान जोखिम देखिन्छ । गाउँमा जडान गरिएका २ वटा खानेपानीका मुहान भत्कीएको । एक वटाको मुहान नै सुकेको छ । तीन वटा मुहानबाट लिएको सिँचाई (घुगाउने, सुजिते र कोट सिँचाई) सुविधामा पूर्ण रुपमा क्षति पुगेको छ ।
स्थानीयले गरेको प्रयास

तीन पटक जिल्ला प्रशासन कार्यालयमा निवेदन दिईसकेका छन् । ५ पटक बडिमालिका नगरपालिकामा वस्ती सुरक्षाका लागि अनुरोध गरेका छन् । भने खानेपानी सिँचाई निर्माणका लागि अनुरोध गर्दै आएका छन् ।

ac

६ परिवारको सयुक्त डेलिकेशन नगरपालिकामा आएर सुरक्षाका लागि माग गर्दा नगरपालिकाले बेवास्ता गरेको उनीहरुको गुनासो छ । सडक निर्माण गर्नु पूर्व नै अनुरोध गर्दा कसैले नसुनेको भन्छन्, स्थानीय धौले विष्ट । तत्कालिन जिल्ला विकास समिति बिशेष गरि सडक निर्माणको भूमिकामा रहेका प्राविधिक कार्यालय प्रमुख जंगबहादुर थापासँग सडक वस्ती माथि नकाट्न भेटेरै अनुरोध गर्दा सुनुवाई नगरेको उनीहरुको गुनासो छ ।

स्थानीयका मागहरु

वस्ती सुरक्षाका लागि आवश्यक व्यवस्थापन मेसिनरी वाल निर्माण, बाढी रोक्न ढल कटानका लागि नाला निर्माण, र बस्ती माथि तारजाली निर्माण गरिनु पर्ने । वा तटबन्द गरिनु पर्ने मा अघि सारेका छन् ।

त्यो सम्भव नभए सडकको रुट नै बदलेर विष्टवाडाको वस्तीसँगै जोडेर लैजाने र हालको क्षति भएको स्थानको बाढीले ल्याएको बालुवा, ढुंगा माटो डोजर लगाएर फाल्नु पर्ने अर्को माग हो, भन्छन् वीरबहादुर विष्ट ।

भविष्य नै अन्योल छ । माथिबाट पहिरो बग्न थालिसेकेकोले वस्ती नै अन्यन्त्र सारिनु पर्ने र बास स्थान सहीत खेती किसानीका लागि जमिन सहीतको व्यवस्था गरिनु पर्ने स्थानीय ६ परिवारको राज्यसँ माग गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank