बर्खेटारमा पहिरो खस्दा दिक्तेल–जयराम सडक अवरुद्ध

बिहिबार, असार २१, २०७५



खोटाङ । वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–जयराम सडक अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको बर्खेटारमा पहिरो खस्दा बुधबार रातिदेखि दिक्तेल–जयराम सडक अवरुद्ध भएको हो ।

जिल्ला भित्रिने र बाहिरिने एक मात्र सडकमा पहिरो थुप्रिएका कारण गएरातिदेखि सवारी साधन रोकिँदा सयौँ यात्रु अलपत्र परेका यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले बताए।

नगरपालिकाको जेसिबी, खोटाङ बृहत् खानेपानी आयोजना, मध्यपहाडी लोकमार्ग कालोपत्रका काममा प्रयोग गरिएको एस्काभेटर प्रयोग गरेर सडकमा खसेको ढुंगा पन्छाउने काम भइरहेको छ ।

सडकको अवरोध हटाउन नागार्जुन कम्पनीको दुई वटा बकेट सहितको एस्काभेटर समेत पहिरोस्थलमा झिकाइएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए ।

सडक माथिबाट खसेको ढुंगा पल्टाउँदा बस्तीमा पुग्ने भएकाले सडकमा थुप्रिएको ढुंगालाई फुटाएर अन्यत्र सारेर मात्र अवरोध हटाउने काम भइरहेको छ ।

80 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank