रोनाल्डोको एक सय ‘हेड गोल’ पुरा

शनिबार, बैशाख २१, २०७६



एजेन्सी ।  इटालियन सिरी ‘ए’ अर्न्तगत भएको खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयतिर हेड गोल गरेपछि यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टस हारबाट जोगिएको छ । इ शुक्रबार राति  सम्पन्न खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । युभेन्टसको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता टोरिनोले लिएको थियो ।

१८ औं मिनेटमा टोरिनोका सासा लुकिकले गोल गरेका थिए । पल पोसेसनमा टोरिनोलाई दबाबमा राखे पनि युभेन्टसले गोल फर्काउन निकै संघर्ष गर्नु परेको थियो । ८४ औं मिनेटमा रोनाल्डोले हेड गोल गर्दै टोलीलाई हारबाट जोगाए । उनले लियोनार्दाेको पासमा आर्कणषक गोल गरेका थिए । रोनाल्डोको यससँगै एक सय हेड गोल पुर्‍याएका छन् भने करियरमा ६ सय १ गोल पनि पूरा गरेका छन् ।

यस बराबरीसँगै लिग च्याम्पियन बनिसकेको युभेन्टसले ३५ खेलबाट ८९ अंक बनाएको छ । टोरिनो ५७ अंकसहित छैटौं स्थानमा छ । दोस्रो स्थानमा रहेको नापोलीको ७० अंक छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank