बलात्कारको आरोपमा रोनाल्डोले भने, सत्य बाहिर आएरै छोड्नेछ

बुधबार, कार्तिक ७, २०७५



तुरिन (इटाली) । अमेरिका निवासी क्याथरिन मेयोर्गाले पोर्चुगल फुटबल खेलाडी क्रिस्टीयानो रोनाल्डोलाई केही समय पहिला बलात्कारको आरोप लगाइन् ।
आरोपलाई सोशल मिडिया मार्फत खारेज गरेका रोनाल्डोले जुभेन्टस फुटबल क्लबको संवाददाता सम्मेलनमा खुलेर कुरा गरेको बिबिसीले जनाएको छ ।

क्याथरिन मेयोर्गाले रोनाल्डोलाई बलात्कारको आरोप लगाउने घटना सन् २००९ मा लास भेगासको एक होटलमा घटेको बताएकी थिईन् । उक्त आरोपलाई अस्वीकार गर्दै संवाददाता सँग खुलेर कुरा गरेका रोनाल्डोले भने, उनी आफ्नो वकिलसँग आश्वस्त छन् साथै सत्य हर हालतमा बाहिर आएरै छोड्नेछ । रोनाल्डोको वकिलले भनेका थिए कि उनी जर्मनीको पत्रिका ‘ डेर स्पीगल ’ को विरुद्ध मुद्धा गर्नेछन् । जसले क्याथरिनको आरोपलाई पत्रिकामा स्थान दिएको थियो ।

पत्रिकामा लेखिएको थियो कि क्याथरिन मेयोर्गाले दावा गरेकी छिन् । ३३ बर्षीय खेलाडी रोनाल्डोले लास भेगासको एक होटलमा उनी माथि बलात्कार गरिएको थियो । घटनाको तुरुन्त लास भेगासको प्रहरी थानामा मेयोर्गाले रिपोर्ट लेखाएकी थिइन् । रिपोर्टको मुताविक सन् २०१०मा उक्त मामिलामा अदालतको बाहिर रोनाल्डोसँग मेयोर्गाले समझौता गरेकी थिइन् । घटनालाई लुकाउन र जनता सामु नलैजान रोनाल्डोले ३ लाख ७५ हजार डलर मेयोर्गालाई दिएका थिए ।

पहिलोपटक आधिकारकि रुपमा यस घटनामा खुलेर कुरा गर्दै रोनाल्डाले भने, हर हालतमा सत्य बाहिर आउनेछ । हामीले दुई हप्ता पहिले जुन बयान जारी गरेका थियौं । यस अबस्थामा म झुटो बोल्दीन । मेरो वकिल यस घटनाको मामिलामा आश्वस्त छन् । सबैभन्दा महत्वपूर्ण कुर यो छ कि म फुटबलबाट आनन्द लिन्छु । म आफ्नो जीवनसँग खुसी छु । म सँग मेरो ख्याल राख्ने मानिस छन् । मसँग सब थोक छन् । बाँकी कुराले कुनै अर्थ राख्दैन ।

241 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank