मेसीपछि रोनाल्डो पनि घर फर्किए

आइतवार, असार १७, २०७५



काठमाडौं  । विश्व कपको दोस्रो प्रि-क्वार्टर फाइनल अन्तर्गत शनिवार फिस्ट स्टेडियममा उरुग्वेले पोर्चुगललार्इ २-१ गोलले हराएको छ । यस जीतका साथ उरुग्वेले ८ वर्षपछि क्वार्टर फाइनलमा स्थान पक्का गरेको छ । क्वार्टर फाइनलमा उसको भेट अब ६ जुलाईमा फ्रान्ससँग हुनेछ । दुवै टीमबीच यो तेस्रो अन्तरराष्टिय भेट थियो ।

विश्व कपको पहिलो प्रि-क्वार्टर फाइनलमा फ्रान्सले लियोनेल मेसीको टिम अर्जेन्टिनालार्इ ४-३ ले हराएर घर पठाएको थियो । त्यसपछि दोस्रो प्रि-क्वार्टर फाइनलमा पोर्चुगलको हारपछि रोनाल्डोको पनि यस विश्वकपबाट यात्रा सकिएको छ ।

दुवै टिमको पराजयपछि विश्वका सबैभन्दा उत्कृष्ट दुर्इ खेलाडी यस विश्वकपमा देखिने छैनन् ।

170 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank