रोनाल्डोको हृयाट्रिकमा रियल मड्रिडले जित्यो क्लब वर्ल्डकप

आइतवार, पुस ३, २०७३

loading...


काठमाडौं । स्टाइकर क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मद्दतमा रियल मड्रिडले फिफा क्लब वर्ल्डकपको उपाधि जितेको छ ।
जापानको योकाहामास्थित निसान स्टेडियममा आइतबार भएको फाइनलमा रियल मड्रिडले जापानी क्लब कासिम अन्टलर्सलाई उसकै घरेलु मैदानमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलमा रियल मड्रिडले नवौं मिनेटमा नै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर घरेलु टोलीले गोल फर्काएपछि खेल बराबरीमा अघि बढ्यो ।
खेलको ५२ औं मिनेटमा जापानी क्लब कासिमले गोल गर्दै अग्रता लियो । तर, ६० औं मिनेटमा रोनाल्डोले गोल फर्काउँदै खेललाई फेरि बराबरी स्थितीमा ल्याए ।

Ronaldo-1 Ronaldo-2-1 Ronaldo-3
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि ३० मिनेट थपियो । जसको ९७ औं मिनेट पहिलो गोल रोनाल्डाले गरे । त्यसपछि रोनाल्डोले १०४ औं मिनेटमा दोस्रो गोल गर्दै खेलमा हृयाट्रिक पुरा गरे ।

698 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

bajaj dashain offer
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv